अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

माइतीघरमा देविकाको गुहार : ‘मर्न आएकी होइन, न्याय माग्न आएकी हुँ’ समाचार

माइतीघरमा देविकाको गुहार : ‘मर्न आएकी होइन, न्याय माग्न आएकी हुँ’

काठमाडौं । माइतीघर मण्डलाको टेन्टमुनि बसेर एक महिला आफ्नो पीडा पोखिरहेकी छन् । आँखामा पीडा र आवाजमा आक्रोश लिएर न्यायको माग गर्दै यहाँ आइपुगेकी उनी हुन् मोरङ सुन्दरहरैचा–७ की देविका खनाल । दुर्घटनाले बदलिदियो जीवन २०८१ साल फागुन २२ गते सुनसरीको रामधुनी नगरपालिका–३ मा भएको एक दुर्घटनाले देविकाको जीवनको बाटो… Read More

३० असार २०८३

प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन पेस र विधेयक प्रस्तुत हुने राजनिती

प्रतिनिधिसभा बैठक आज बस्दै, वार्षिक प्रतिवेदन पेस र विधेयक प्रस्तुत हुने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मंगलबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न वार्षिक प्रतिवेदन पेस गर्ने, विधेयक प्रस्तुत गर्ने र अन्तर्राष्ट्रिय सन्धिमाथि छलफल तथा अनुमोदन गर्नेलगायतका महत्त्वपूर्ण विषय कार्यसूचीमा रहेका छन्। प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले न्याय परिषद्को वार्षिक प्रतिवेदन… Read More

३० असार २०८३

मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरका बासिन्दालाई अत्यावश्यक सामग्री वितरण समाचार

मन्त्री सिता बादीको पहलमा खरीपाटी र बोडे होल्डिङ सेन्टरका बासिन्दालाई अत्यावश्यक सामग्री वितरण

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी मन्त्री सिता बादीको पहलमा भक्तपुरस्थित खरीपाटी र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ। मन्त्रालयको समन्वयमा आयोजित यस कार्यक्रममा संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई ध्यानमा राखी लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू वितरण गरिएको हो। यस अवसरमा… Read More

३० असार २०८३

आज चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची? राजनिती

आज चार संसदीय समितिको बैठक बस्दै, के-के छन् कार्यसूची?

काठमाडौं । मंगलबार संसदका चार वटा समितिको बैठक बस्ने भएको छ । अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र सार्वजनिक लेखा समितिको बैठक आज आयोजना हुँदैछ । बिहान ८:३० बजे बस्ने अर्थ समितिको बैठकमा नेपाल बीमा प्राधिकरणसँग विभिन्न विषयमा जानकारी लिइनेछ । आर्थिक… Read More

३० असार २०८३

आजको मौसम: कोशी, बागमती र गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना समाचार

आजको मौसम: कोशी, बागमती र गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ। हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बादल छाएको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा… Read More

३० असार २०८३

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर १५२ रुपैयाँ ७० पैसामा अर्थ

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलर १५२ रुपैयाँ ७० पैसामा

काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ७० पैसा र बिक्री दर १५३ रुपैयाँ ३० पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ५५ पैसा र बिक्री दर १७५ रुपैयाँ… Read More

३० असार २०८३

बाल सुधार गृह सुधार गृह होइन, कारागारजस्तै बनेका छन् — संसदीय समितिको निष्कर्ष राजनिती

बाल सुधार गृह सुधार गृह होइन, कारागारजस्तै बनेका छन् — संसदीय समितिको निष्कर्ष

काठमाडौं। प्रतिनिधिसभाअन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको सोमबारको बैठकमा नेपालका बाल सुधार गृहहरूको अवस्थाबारे गम्भीर निष्कर्ष सार्वजनिक भएको छ। समितिअन्तर्गतको निरीक्षण तथा अवलोकन उपसमितिले तयार पारेको प्रतिवेदनमा बाल सुधार गृहहरू वास्तवमा सुधार गृह नभई परम्परागत कारागारजस्तो बन्न पुगेका छन् भनी स्पष्ट उल्लेख गरिएको छ। समिति सचिव रामहरि थापाले प्रतिवेदन… Read More

२९ असार २०८३

साहित्य मानव जीवनको अभिन्न अंग हो : साहित्यकार मुकुन्दराज शर्मा समाचार

साहित्य मानव जीवनको अभिन्न अंग हो : साहित्यकार मुकुन्दराज शर्मा

काठमाडौं । क्याम्पियन काठमाडौं स्कूल (सीकेएस)को आयोजनामा शनिबारदेखि सुरु भएको ‘सीकेएस साहित्य उत्सव–२०८३’ सोमबार सफलतापूर्वक सम्पन्न भयो। समापन कार्यक्रममा बोल्दै साहित्यकार मुकुन्दराज शर्माले साहित्यलाई मानव जीवनको अभिन्न अंग बताए। उनले भने, ‘साहित्य वास्तवमा हरेक मानिसका दुःख–सुख, राम्रो–नराम्रो, क्रोध, संवेदना र जीवनका सम्पूर्ण अनुभवलाई समेट्ने माध्यम हो। साहित्य यही चराचर जगत… Read More

२९ असार २०८३

संसदीय अर्थ समितिले गर्यो त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको स्थलगत अनुगमन राजनिती

संसदीय अर्थ समितिले गर्यो त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको स्थलगत अनुगमन

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ। सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको वास्तविक अवस्था बुझ्ने उद्देश्यले यो अनुगमन गरिएको हो। अनुगमन टोलीको नेतृत्व अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले गरेका थिए। टोलीमा… Read More

२९ असार २०८३

मधेसमा जम्मा २० प्रतिशत घरधुरीमा मात्र सुरक्षित खानेपानीको पहुँच राजनिती

मधेसमा जम्मा २० प्रतिशत घरधुरीमा मात्र सुरक्षित खानेपानीको पहुँच

काठमाडौं । मधेस प्रदेशमा खानेपानी, सरसफाइ र जलस्रोत व्यवस्थापनको अवस्था अत्यन्त चुनौतीपूर्ण रहेको एक अध्ययन प्रतिवेदनले देखाएको छ। सोमबार विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा प्रस्तुत प्रतिवेदनको मस्यौदामाथि छलफल हुँदा मधेसमा जम्मा करिब २० प्रतिशत घरधुरीमा मात्र सुरक्षित खानेपानीको पहुँच रहेको खुलासा भयो। समिति सचिव डा. रोजनाथ पाण्डेले प्रस्तुत… Read More

२९ असार २०८३