काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।
राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ ७० पैसा र बिक्री दर १५३ रुपैयाँ ३० पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर १७४ रुपैयाँ ५५ पैसा र बिक्री दर १७५ रुपैयाँ २४ पैसा रहेको छ।
युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ ४७ पैसा र बिक्री दर २०५ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिद दर १८८ रुपैयाँ ६६ पैसा र बिक्री दर १८९ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ।
अष्ट्रेलियन डलर एकको खरिद दर १०६ रुपैयाँ ०० पैसा र बिक्री दर १०६ रुपैयाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ९९ पैसा र बिक्री दर १०८ रुपैयाँ ४२ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११८ रुपैयाँ १९ पैसा र बिक्री दर ११८ रुपैयाँ ६६ पैसा तोकिएको छ।
जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४३ पैसा र बिक्री दर नौ रुपैयाँ ४६ पैसा रहेको छ। चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ५३ पैसा र बिक्री दर २२ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ।
साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ६७ पैसा र बिक्री दर ४० रुपैयाँ ८३ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ८८ पैसा र बिक्री दर ४२ रुपैयाँ ०५ पैसा तोकिएको छ।
थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५८ पैसा र बिक्री दर चार रुपैयाँ ६० पैसा, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ५७ पैसा र बिक्री दर ४१ रुपैयाँ ७४ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ५७ पैसा र बिक्री दर ३७ रुपैयाँ ६६ पैसा रहेको छ। साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ २३ पैसा र बिक्री दर १० रुपैयाँ २७ पैसा तोकिएको छ।
