अर्थ

कांग्रेस नेतृत्वमा सरकार बनाउने गृहकार्य जारी: गृहमन्त्री लेखक

By अर्जुन भट्टराई

धनुषा । गृहमन्त्री तथा कांग्रेस सांसद रमेश लेखकले नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न आफूहरू कटिबद्ध रहेको बताएका छन्। जनकपुरमा आयोजित पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै मन्त्री लेखकले लामो समयदेखि कांग्रेसको सरकार नबनेको कार्यकर्ताको गुनासो जायज भएको स्वीकार गरे।

उनले हालको संयुक्त सरकार (नेपाली कांग्रेस र एमाले) सञ्चालनमा केही जटिलताहरू रहेको उल्लेख गरे। गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारमा पनि आलोपालो नेतृत्व गर्ने समझदारी बनेको र सोही अनुसार परिवर्तन हुने स्पष्ट पारे। “लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्ने कुरा साथीहरूले सही भन्नुभएको छ,” उनले भने, “यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ र सम्बोधन गर्न लागिपर्छौँ।” उनले संघ र प्रदेशमा जिल्लासम्म दुवै पार्टीका संयुक्त संयन्त्र बनाइएको जानकारी पनि दिए। पछिल्लो १० महिनामा अर्थतन्त्रमा उल्लेख्य सुधार आएको दाबीसमेत उनले गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.