कांग्रेस एकताको ‘लिड रोल’मा डा. शशांक कोइराला।
नेपालको सबैभन्दा पूरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेसभित्र यतिबेला सामान्य ‘झगडा’ मात्र होइन, ‘रगडा’नै चलिरहेको छ । ललितपुरको सानेपा र काठमाडौंको चुनदेवीमा फरक फरक पार्टी कार्यालय संचालनमा छन् ।
दुईवटै पार्टी कार्यालयबाट १५ औं महाधिवेशनबारे रस्साकस्सी चलिरहेको छ । वास्तवमा कांग्रेसभित्र सन्त नेता कृष्ण प्रसाद भट्टराईले कांग्रेसमा ‘झगडा’ होइन, ‘रगडा’ हुन्छ भनेजस्तै अवस्था छ ।
गगनकुमार थापा नेतृत्वको कांग्रेसले भने सानेपाबाट भिन्नै गतिविधिलाई निरन्तरता दिइरहेको छ । असोजमै १५ औं महाधिवेन गर्नेगरी कार्यक्रमहरु अघि बढाएको छ । तर देउवा, पूर्ण बहादुर खड्कालगायतले अगुवाइ गरेको संस्थापन इतर पक्ष भने सर्वोच्च अदालतले पार्टी विवाद सम्बन्धि मुद्दामा पुनरावलोकनको आदेश दिएपछि उत्साहित देखिएको छ ।
कांग्रेस दुई समूहमा विभाजित भएर समानन्तर गतिविधि भइरहेको अवस्थामा वीपी कोइरालाका कान्छा सुपुत्र अर्थात कांग्रेसका पूर्वमहामन्त्री डा.शशांक कोइराला भने आफ्नो कमाण्डमा पार्टी एकताका लागि कस्सिएका छन् ।
गएको भदौ २३ र २४ गतेको जेनजी विद्रोहपछि आन्तरİK दुर्घटनाका कारण क्षतविक्षत हुन पुगेको पार्टी एकढिक्का बनाउन डा. शशांक ‘लिड रोल’मा देखिएका छन् ।
दुवै समूहसँग नरम देखिएका कोइराला परिवारका अर्का प्रभावशाली नेता डा. शेखर कोइराला पनि एकताको पर्खाइमा छन् । उनको भूमिका निर्णायक नदेखिएपनि उनी ‘हामी फुटेर होइन जुटेर अघि बढ्नुपर्छ’ भनेर बोलिरहेका छन् ।
एकताको बाटो खोज्दै शशांक
०८३ साउन २९ गते डा.शशांकको सभापतित्वमा सुरु भएको नेपाली कांग्रेसको तीन दिने राष्ट्रिय सम्मेलनमा देशभरका युवा र पाका, पुराना र नयाँ सबैखाले कार्यकर्ताहरुको उत्साहजनक सहभागिताको सन्देश पनि एकताकै पक्षमा देखिन्छ ।
तथापि, डा.शशांक अदालतको फैसलाबाट एकपक्षको जीत अर्को पक्षको हारसम्म नपु¥याई पार्टीको भावनात्मक एकतालाई प्राथमिकता दिएको संकेत गरेका छ् ।
डा.शशांकले निवर्तमान कार्यसमितिलाई समायोजन गरेर ठुलो आकारको केन्द्रीय कार्यसमिति बनाउने र सबैको सहभागितामा एकताको महाधिवेशन गराउने, स्पष्ट टिओआर तयार गरेर अधिकारसम्पन्न तयारी समिति बनाउने साथै १४ औं महाधिवेशनबाट निर्वाचित र विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिबाट बराबर प्रतिनिधित्व हुनе गरी एउटा तयारी समिति बनाएर एकताको महाधिवेशन गराउनेलगायतका विषयमा उनले छलफल चलाएको उनी निकट नेताहरुको भनाइ छ ।
डा.शशांकले आफू सभापतिमा इच्छुक भए पनि डा.शेखर कोइराला उठेमा सहयोग गर्ने वा गगन थापाले सबै पक्षलाई समान र सम्मानपूर्वक सम्बोधन गर्नेगरी आफूसँग स्पष्ट खाका प्रस्तुत गरे सहयोगी भावनाले अघि बढ्ने पनि बताएका छन्।
