राजनिती

कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड

By अर्जुन भट्टराई •

कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड

काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहको भेला ‘राष्ट्रिय सम्मेलन’मा रुपान्तरण भएको छ । **शनिबार** विभिन्न प्रस्तावहरुमाथि छलफल भएको छ । बन्दसत्रमा विभिन्न समितिका प्रतिवेदनहरूमाथि प्रदेशगत रुपमा छलफल गरिएको छ ।

सम्मेलनमा **नेता डा.प्रकाशशरण महत**ले कांग्रेसको _आर्थिक तथा सामाजिक नीति_ सम्बन्धी प्रतिवेदन, **नेता विमलेन्द्र निधि**ले _राजनीतिक प्रतिवेदन_, **नेता रमेश लेखक**ले ‘कानुन तथा विधान समिति’मार्फत _विधान संशोधन अवधारणा पत्र_, **उमाकान्त चौधरी**ले _सांगठनिक प्रतिवेदन_, **नेता एनपी साउद**ले _समसामयिक विषय_लगायतका प्रस्तावमाथि छलफल भएको छ ।

देशभरबाट आएका करिब **३५ सय प्रतिनिधिहरुले** प्रश्तुत प्रतिवेदनमाथि विभिन्न समूहमा विभाजन भएर छलफल गरेका छन् । सम्मेलनमार्फत **१५ औँ महाधिवेशन**को तयारी १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णयले आयोजना गर्ने विषयलाई प्राथमिकता दिएका छन् ।

शनिबार बोल्ने अधिकांश नेताहरुले पार्टी एकतामा जोड दिंदै **सर्वोच्च अदालतको आदेश** अनुसार अघि बढ्ने प्रतिक्रिया दिए । **तत्कालीन सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा**ले आफूले नचाहँदा नचाहँदै पार्टीको विशेष महाधिवेशन गरिएको बताउँदै अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा यसबारेमा आफूले धेरै नबोल्ने पनि जानकारी दिए ।

सम्मेलनका बारेमा जानकारी दिंदै **नेता मीन विश्वकर्मा**ले भेलालाई सम्मेलनका रुपमा रुपान्तरण गरिएको जानकारी दिंदै _विधान संशोधन_का विषयमा पनि बृहत छलफल भइरहेको बताए । उनले भने, ‘विधानमा दफावार संशोधन नगरेर _सैद्धान्तिक सहमति_को कुरा गरिराखेका छौं । विधानमा केही भाष अस्पष्टता भएका कारणले कार्यान्वयन गर्न अप्ठ्यारो परेको छ । सबै तहको कार्य समितिहरुलाई चुस्त र समावेशी बनाउने प्रयासमा छौं । युवाहरुको सहभागिता बढाउनेगरी व्यवस्था गर्नुपर्नेमा जोड दिएका छौं ।’

अदालतमा मुद्दा विचाराधिन अवस्थामा रहेकाले महाधिवेशनको मिति भने अहिले नतोक्ने जानकारी दिए । ‘हामी **१५ औं महाधिवेशन**लाई एकताको महाधिवेशन बनाउने प्रयास गरिरहेका छौं । मुद्दा विचाराधिन अवस्थामा रहेकाले मिति चाहीं अहिले नै नतोक्ने भनेका छौं तर सानेपामा रहेका साथीहरु कुनै चामत्कारिक निर्णय लिएर आउनुभयो भने सोही अनुसार अघि बढ्छौं,’ उनले भने ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.