काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७६२ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ५८, सिसिटिभिमार्फत ५३, र रातोबत्तीमा २७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा ७६, हर्न निषेधमा १३, लेन क्रसमा ३२, अवस्था ठिक नभएको १४, एकतर्फीमा १४ र अन्यमा ४७५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
समाचार
लघुवित्त पीडितहरुको चेतावनी
३१ श्रावण २०८३
