काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयकी मन्त्री सिता बादीको पहलमा भक्तपुरस्थित खरीपाटी र बोडे होल्डिङ सेन्टरमा रहेका व्यक्तिहरूलाई अत्यावश्यक सामग्री वितरण गरिएको छ।
मन्त्रालयको समन्वयमा आयोजित यस कार्यक्रममा संरक्षणमा रहेका व्यक्तिहरूको दैनिक आवश्यकतालाई ध्यानमा राखी लत्ताकपडा, चप्पललगायतका आवश्यक सामग्रीहरू वितरण गरिएको हो।
यस अवसरमा मन्त्री बादीले संरक्षण आवश्यक पर्ने नागरिकहरूको आधारभूत आवश्यकता पूरा गर्नु राज्यको दायित्व भएको बताउँदै सेवा प्रवाहलाई थप व्यवस्थित, प्रभावकारी र मानवीय बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरिन्।
मन्त्रालयले जोखिममा रहेका तथा सहयोग आवश्यक पर्ने नागरिकहरूका लागि संरक्षण, सम्मान र सामाजिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्दै आवश्यक सेवा प्रवाहलाई निरन्तर प्राथमिकतामा राख्ने जनाएको छ।
