राजनिती
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले पार्टीभित्रबाट प्रभावकारी आवाज उठ्न सके संसद् पनि थप बलियो बन्ने बताएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकमा बोल्दै उनले भने, ‘घरबाट बलियो आवाज आयो भने सदन पनि बलियो हुन्छ । कहीँ न कहीँ घरकै सदस्य कमजोर परिरहेका छन् ।… Read More
२९ असार २०८३
समाचार
सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ। समितिले यो अनुगमन सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको वास्तविक अवस्था बुझ्ने उद्देश्यले गरेको हो।
२९ असार २०८३
राजनिती
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई प्रभावकारी ढंगले सञ्चालन गर्न अनुगमन, मूल्याङ्कन र कार्यान्वयन पक्षलाई थप बलियो बनाउनुपर्ने बताएका छन्। सोमबार बसेको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुँदा मन्त्री पुनले विधेयकको… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालयअगाडि शंकास्पद रूपमा पार्क गरिएका गाडीमा कुनै सुरक्षा खतरा नरहेको प्रहरीले स्पष्ट पारेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईले नेपाल न्यूज बैंकसँग कुरा गर्दै भने, ‘अनामनगरस्थित भाटभटेनी र कान्तिपुर पब्लिकेसनअगाडि पार्क गरिएका गाडीको राम्ररी निरीक्षण र जाँच गरियो।… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । काठमाडौंका तीनवटा प्रमुख सञ्चारगृहका कार्यालयअगाडि एकैसाथ शंकास्पद तरिकाले गाडी पार्किङ गरी आवागमनमा अवरोध पुर्याइएको छ। अनलाइनखबर, हिमालय टेलिभिजन र कान्तिपुर मिडिया हाउसको कार्यालय प्रवेशद्वारमा अवरोध हुने गरी एकैसाथ उस्तै तरिकाले गाडी खडा गरिएको पाइएको हो। घटनाको जानकारी पाउनासाथ प्रहरी सम्बन्धित कार्यालयमा पुगेको छ र गाडीधनीको खोजी तथा प्रारम्भिक… Read More
२९ असार २०८३
समाचार
रामेछाप । काभ्रेपलाञ्चोकको रोशी खोलाको जलाधार क्षेत्रमा निरन्तर वर्षा भइरहेको कारण सम्भावित जोखिमलाई मध्यनजर गर्दै बीपी राजमार्गमा सवारी आवागमन अस्थायी रूपमा रोकिएको छ। जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोकले आइतबार दिउँसो १२:३३ बजे अत्यन्त जरुरी सूचना जारी गर्दै सडकमा हुन सक्ने जोखिमलाई ध्यानमा राखी तत्कालका लागि सवारी सञ्चालन रोकिएको जनाएको हो। प्रहरीका… Read More
२९ असार २०८३
समाचार
काठमाडौं । प्रतिनिधिसभाअन्तर्गत अर्थ समितिको सोमबार बसेको बैठकमा राष्ट्रिय योजना आयोगसँग महत्वपूर्ण विषयहरूमा व्यापक छलफल भएको छ। आर्थिक वर्ष २०८२/८३ मा आयोगले सम्पन्न गरेका मुख्य कामकारबाही, १६औँ आवधिक योजनाको कार्यान्वयन अवस्था, मध्यकालीन खर्च संरचनाको कार्यान्वयन तथा राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनासहित विभिन्न विकास आयोजनाहरूको प्रगति बारे यस बैठकमा विस्तृत छलफल भयो।… Read More
२९ असार २०८३
समाचार
विराटनगर । विराटनगरस्थित कोशी अस्पतालको जग्गा अतिक्रमण गरी बनाइएका व्यावसायिक संरचनाहरू सोमबार बिहान भत्काइए। मन्त्रालयको निर्देशन र अस्पताल प्रशासनले दिएको सातदिने अल्टिमेटमको म्याद सकिएसँगै तीनवटा डोजर प्रयोग गरी एक घण्टाभित्रै ३२ वटा व्यावसायिक सटर भत्काइयो। अस्पतालका जनसम्पर्क अधिकारी नवराज लुईटेलका अनुसार देवकोटा पुस्तकालय, नेपाल रेडक्रस सोसाइटी, नेपाल क्षयरोग निवारण संस्था… Read More
२९ असार २०८३
समाचार
रामेछाप । गएराति परेको भारी वर्षापछि रामेछापको उमाकुण्ड गाउँपालिका–१ स्थित लाछेवार क्षेत्रमा ठूलो पहिरो गएको छ। यो क्षेत्र उक्त गाउँपालिकाको अन्तिम मानव बस्ती हो। स्थानीय ग्याल्जेन शेर्पाका अनुसार पहिरोपछि ठाडोखोलामा आएको बाढीले लाछेवारको एउटा होटल पूर्ण रूपमा बगाएको छ। साथै, ७७ मेगावाट क्षमताको दुगड हाइड्रोपावर आयोजनाको ड्याम क्षेत्रमा पनि उल्लेखनीय… Read More
२९ असार २०८३
समाचार
दोलखाको कालिञ्चोक गाउँपालिका–१ क्याङ्पोल क्षेत्रमा गएराति करिब ९ बजे पहिरो खस्दा चार महिनाकी शिशु एलिना थामीको ज्यान गएको छ। उनकी १९ वर्षीया आमा शर्मिला थामी गम्भीर घाइते भएकी छन्। जिल्ला प्रहरी कार्यालय दोलखाका सूचना अधिकारी प्रहरी निरीक्षक सन्तोषकुमार खड्काका अनुसार शर्मिला आफ्नी चार महिनाकी छोरी एलिनालाई काखमा बोकेर भीमेश्वर नगरपालिका–१… Read More
२९ असार २०८३