समाचार

आजको मौसम: कोशी, बागमती र गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

By अर्जुन भट्टराई

आजको मौसम: कोशी, बागमती र गण्डकीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा हाल सरदर स्थानभन्दा उत्तरतर्फ, नेपालको तराई भूभाग नजिक रहेको छ।

हाल कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बादल छाएको छ भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल लागेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी र कर्णाली प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ।

**आज दिउँसो**

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा अधिकांश बादल लाग्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारण बादल रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भूभागका धेरै स्थानमा, मधेश प्रदेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभाग, तथा कर्णाली प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा लुम्बिनी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भारी वर्षा पर्न सक्ने छ।

**आज राति**

देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका थोरै स्थान र लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ।

मधेश प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भूभागका केही स्थान, कर्णाली प्रदेशका पहाडी तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको तराई र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने राति पनि भारी वर्षा पर्न सक्नेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.