राजनिती

संसदीय अर्थ समितिले गर्यो त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको स्थलगत अनुगमन

By अर्जुन भट्टराई

संसदीय अर्थ समितिले गर्यो त्रिभुवन विमानस्थलको अध्यागमन र भन्सार कार्यालयको स्थलगत अनुगमन

काठमाडौं । सङ्घीय संसद् प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिले सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको अध्यागमन कार्यालय र भन्सार कार्यालयको स्थलगत अनुगमन गरेको छ।

सार्वजनिक सेवा प्रवाह, राजस्व प्रशासन तथा यात्रु सेवा व्यवस्थाको वास्तविक अवस्था बुझ्ने उद्देश्यले यो अनुगमन गरिएको हो।

अनुगमन टोलीको नेतृत्व अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीले गरेका थिए। टोलीमा सार्वजनिक वित्त उपसमितिका संयोजक सुशील खड्का लगायत समिति सदस्यहरू कृष्णकुमार कार्की, खड्कबहादुर बुढा, नितिमा भण्डारी (कार्की), परशुराम तामाङ, प्रा.डा. पुष्पराज कँडेल र विदुषी राणा सहभागी थिए।

यसका अतिरिक्त समिति सचिव लक्ष्मण अर्याल, उपसचिव लक्ष्मीप्रसाद ओझा, शाखा अधिकृत प्रवीन राई र कार्यालय सहयोगी सीता भट्टराई पनि अनुगमनमा सहभागी भएका थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.