अ

अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

एमाले अझै प्रहारको निशानामा छ : महासचिव पोखरेल राजनिती

एमाले अझै प्रहारको निशानामा छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पार्टीभित्रका कमजोरी र सफलताका पक्षलाई समग्र दृष्टिकोणले हेरेर समीक्षा गर्नुपर्ने बताएका छन्। नरबहादुर कर्माचार्यको १३औं स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै महासचिव पोखरेलले भने, ‘आलोचनाबाट नै हामीलाई थाहा हुन्छ — कहाँ सुधार गर्नुपर्छ।’ एमालेप्रति फरक–फरक समूहको दृष्टिकोण रहेको उल्लेख गर्दै उनले भने, ‘हाम्रा… Read More

९ श्रावण २०८३

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, सेती अस्पतालको आइसीयूमा सारियो समाचार

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रियो, सेती अस्पतालको आइसीयूमा सारियो

धनगढी । बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेपछि उनलाई सेती अस्पतालको आइसीयू (सघन उपचार कक्ष) मा सारिएको छ। उनका स्वास्थ्य सहयोगी डा. अमृत जैसीका अनुसार डा. केसीको रगतमा सुगर लेवल ४९ मा झरेको छ भने रक्तचाप (प्रेसर) पनि एकसयमा ओर्लिएको छ। साथै… Read More

९ श्रावण २०८३

निट प्रश्नपत्र चुहावट: पट्नामा प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप, केही नियन्त्रणमा अन्तराष्ट्रिय

निट प्रश्नपत्र चुहावट: पट्नामा प्रदर्शनकारी विद्यार्थीमाथि प्रहरीको हस्तक्षेप, केही नियन्त्रणमा

भारतको बिहार राज्यको राजधानी पट्नामा राष्ट्रिय प्रवेश परीक्षा (निट) को प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विद्यार्थीहरूले केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानविरुद्ध ठूलो प्रदर्शन गरेका छन्। प्रदर्शनकारी विद्यार्थीहरूले शिक्षा मन्त्रालयको जवाफदेहिता माग गर्दै नाराबाजी गरे। प्रदर्शन उग्र रूप लिन सक्ने आशंकाले प्रहरीले घटनास्थलमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गर्यो। प्रत्यक्षदर्शीहरूका अनुसार प्रदर्शनका क्रममा केही… Read More

९ श्रावण २०८३

राहुल गान्धीको प्रहार: ‘मोदी भारतको विगत, आन्दोलनरत विद्यार्थी भविष्य’ अन्तराष्ट्रिय

राहुल गान्धीको प्रहार: ‘मोदी भारतको विगत, आन्दोलनरत विद्यार्थी भविष्य’

नयाँ दिल्ली । भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभामा प्रतिपक्षी दलका नेता राहुल गान्धीले निट परीक्षा विवाद र विद्यार्थी आन्दोलनको सन्दर्भमा प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा प्रहार गरेका छन्। उनले मोदीलाई भारतको ‘विगत’ र आन्दोलनरत विद्यार्थीहरूलाई देशको ‘भविष्य’ भनी सम्बोधन गरेका छन्। शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीमा गान्धीले सरकारको सम्पूर्ण प्रणालीले युवाहरूलाई निशाना… Read More

९ श्रावण २०८३

नबिल बैंकलाई अन्तर्राष्ट्रिय ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड अर्थ

नबिल बैंकलाई अन्तर्राष्ट्रिय ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) को प्रतिष्ठित ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड आफ्नो नाममा पार्न सफल भएको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवार्ड्स–२०२६’ कार्यक्रममा बैंकका सञ्चालक मलय मुखर्जीले यो सम्मान ग्रहण गरे । यस पुरस्कारमा नेपालसहित भारत, भुटान, श्रीलङ्का,… Read More

९ श्रावण २०८३

पर्यटनको उत्तर आधुनिक यात्रा: आस्था, साहित्य र जीवन दर्शनको संगम समाचार

पर्यटनको उत्तर आधुनिक यात्रा: आस्था, साहित्य र जीवन दर्शनको संगम

सूर्य थपलिया\n\nधार्मिक पर्यटन अब केवल एकतर्फी यात्रा रहेन। यो अब एक सक्रिय र परिवर्तनकारी यात्रामा रूपान्तरित भइरहेको छ। आस्था र विश्वासबाट अघि बढेर यो जीवन दर्शन र आत्मिक परिवर्तनको खोजमा बदलिँदैछ। आजको जेनजी पुस्ता उत्तर आधुनिक पुस्ता पनि हो।\n\nसभ्यताको सुरुवातदेखि नै मान्छे ज्ञान खोज्दै हिँडेको छ। आश्चर्यको खोजी गर्छ, रहस्यमय… Read More

९ श्रावण २०८३

मधेस प्रदेशका १० पालिकामा किसानको खेतसम्म पुग्ने कृषि सेवा : मन्त्री चौधरी राजनिती

मधेस प्रदेशका १० पालिकामा किसानको खेतसम्म पुग्ने कृषि सेवा : मन्त्री चौधरी

धनुषा । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले मधेस प्रदेशका कम्तीमा १० वटा पालिका छनोट गरी त्यहाँका किसानको खेतसम्म प्रत्यक्ष कृषि सेवा पुर्याउने योजना सार्वजनिक गरेकी छिन्। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ–प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले यस्तो जानकारी दिइन्। ती पालिकाहरूलाई… Read More

९ श्रावण २०८३

मुगुमा पहिरोको चपेटामा परी तीन वर्षीय बालकको मृत्यु, बुबा–आमा घाइते समाचार

मुगुमा पहिरोको चपेटामा परी तीन वर्षीय बालकको मृत्यु, बुबा–आमा घाइते

मुगु। मुगु जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–५ पुलु बजारमा शनिबार बिहान करिब ४ बजे ढुङ्गासहितको पहिरो खस्दा तीन वर्षीय एक बालकको मृत्यु भएको छ। यस घटनामा उनका बुबा र आमा पनि घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरीक्षक रबिराज थपलियाका अनुसार पुलु बजारमा पेमा लामाको घरमा भाडामा होटल… Read More

९ श्रावण २०८३

हरिशयनी एकादशी: बुढानिलकण्ठ मन्दिरमा भक्तजनको भारी भीड समाचार

हरिशयनी एकादशी: बुढानिलकण्ठ मन्दिरमा भक्तजनको भारी भीड

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका अवसरमा शनिबार बिहानैदेखि काठमाडौं उपत्यकासहित देशभरका नारायण मन्दिरहरूमा भक्तजनको ठूलो भीड उमरेको छ। यस पवित्र अवसरमा काठमाडौंस्थित बुढानिलकण्ठ मन्दिरमा पनि दर्शनार्थीहरूको घुइँचो लागेको छ। टाढाटाढाबाट आएका भक्तजनहरू बिहानैदेखि मन्दिर परिसरमा जम्मा भई भगवान नारायणको दर्शन र पूजाआजामा व्यस्त रहे।

९ श्रावण २०८३

राष्ट्रिय विभूतिहरूको आदर्शबाट प्रेरणा लिई देशको स्वाभिमान जोगाउन जोड समाचार

राष्ट्रिय विभूतिहरूको आदर्शबाट प्रेरणा लिई देशको स्वाभिमान जोगाउन जोड

काठमाडौं। अमरसिंह थापा र भीमसेन थापाजस्ता राष्ट्रिय विभूतिहरूको योगदान सम्झँदै उनीहरूको आदर्शबाट प्रेरणा लिएर देशको स्वाधीनता, स्वाभिमान र राष्ट्रिय अस्मिता संरक्षण गर्नुपर्ने आवाज उठेको छ। बगाले थापा क्षेत्री राष्ट्रिय फाउण्डेशन, नेपालले राष्ट्रिय विभूति वीर योद्धा बडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस तथा मुख्तियार जनरल भीमसेन थापाको २५२औँ जन्मजयन्तीको अवसरमा बृहत्त… Read More

९ श्रावण २०८३