सूर्य थपलिया\n\nधार्मिक पर्यटन अब केवल एकतर्फी यात्रा रहेन। यो अब एक सक्रिय र परिवर्तनकारी यात्रामा रूपान्तरित भइरहेको छ। आस्था र विश्वासबाट अघि बढेर यो जीवन दर्शन र आत्मिक परिवर्तनको खोजमा बदलिँदैछ। आजको जेनजी पुस्ता उत्तर आधुनिक पुस्ता पनि हो।\n\nसभ्यताको सुरुवातदेखि नै मान्छे ज्ञान खोज्दै हिँडेको छ। आश्चर्यको खोजी गर्छ, रहस्यमय भूमि खोज्छ, आफूलाई चकित पार्ने समाज र सभ्यता खोज्छ। यसरी पर्यटन सधैं नयाँ–नयाँ आयाम र स्वरूपमा अघि बढिरहेको छ।\n\nपर्यटन मूलतः चार मानवीय स्वभावको स्तम्भमा उभिएको छ: नयाँपनको खोजी, समाज बुझ्ने चाहना, ज्ञानको खोजी र आतिथ्यताको रहर। यी चार तत्त्व मानवका जन्मजात चरित्र हुन्।\n\nआज विश्व सिनेमाले ज्ञान र चेतनाको उच्चतम संस्करण पर्दामा उतार्न खोजिरहेको छ। सन् २०१७ मा आएको हलिउड चलचित्रमा सर्जन डा. स्ट्रेन्जको दुर्घटनामा परी हात काम नलाग्ने भएपछि त्यो पात्र अलौकिक शक्तिको खोजीमा तिलस्मी भूमि कमारताज पुग्छ, जुन हिन्दु मिथकसँग जोडिएको देखाइएको छ। यस चलचित्रले मानिस आफ्नो अर्धचेतन मस्तिष्कको अन्धकारबाट मुक्ति पाउन ईश्वरीय संसारको खोजीमा निस्कन्छ भन्ने सन्देश दिन्छ।\n\nचलचित्रको महत्त्वपूर्ण भाग काठमाडौंमा छायाङ्कन गरिएको थियो। काठमाडौं शहर आफैंमा एउटा अलौकिक सभ्यता बोकेको शहर हो। यहाँ हरेक गल्लीमा मन्दिर छन्। भूपि शेरचनले देखे, यहाँ देवताले बनाएका मान्छे र मान्छेले बनाएका देवता। त्यसैले यो भूमि देवनगरी हो। हलिउडले यसको रहस्य नियाल्न खोज्यो।\n\nडा. स्ट्रेन्जले काठमाडौं खोज्यो। हाम्रो समाज नायक खोज्छ। हाम्रो पौराणिक सभ्यतामा प्रशस्त नायकहरू आए। हामीले पूज्ने भगवान हाम्रा लागि नायक रहे। हामीले पूर्वमा पाभीभरा भेट्यौं, काठमाडौंमा पशुपति, मुस्ताङमा मुक्तिनाथ र पश्चिममा बडिमालिका। थुप्रै देवलोक भेटेका छौं।\n\nब्लकबस्टर हलिउड चलचित्र ‘अवतार’ संस्कृत नाम हो। अठारौं शताब्दीमा अंग्रेजी भाषाले यो शब्द सापटी लियो। अवतारमा मिथकीय पात्रले नीलो शरीर धारण गर्छन्। भगवान विष्णु र कृष्ण अवतारी छन्। के हलिउड हाम्रै सनातन धर्मबाट प्रेरित छैन र?\n\nभगवान हिमालमा बस्छन् र स्वर्ग हिमालपारी छ भन्ने कथन सुनेर कैयौं पुस्ता हुर्किएको छ। मन्दिरको वास्तुकलाले दुई अक्षको बोध गराउँछ: स्वर्ग र नर्कको ठाडो अक्ष र चार दिशा बोध गराउने तेर्सो अक्ष। २१औं शताब्दीको पर्यटन विशेषतः अनुभवमा केन्द्रित छ।\n\nहिन्दुत्वमा हिमाललाई देवात्माको रूपमा व्याख्या गरिन्छ। हिन्दु दर्शनले हरेक कणमा देवात्माको वास हुन्छ भन्ने विश्वास गर्छ। हिमालको उचाइलाई मानव आत्माको उच्चतासँग तुलना गरिएको छ। सन् ८० र ९० को दशकमा भारतीय टेलिभिजनमा प्रसारण भएको रामायण र महाभारत धारावाहिकले त्यसपछिको पुस्तालाई हिन्दु धर्म, संस्कृति र दर्शनको ज्ञान भण्डार प्रदान गर्यो। आजको डिजिटल पुस्ताका लागि पनि यो एक क्लिकमा उपलब्ध छ।\n\nधार्मिक र आध्यात्मिक पर्यटनलाई भौतिक स्थान भन्दा माथि राखेर बुझ्नुपर्छ। यो मनको यात्रा हो। आस्था र विश्वासबाट प्रेरित यात्राको अनुभव जीवनपर्यन्त मनमा गाँसिएको हुन्छ। आस्थाको यात्रा व्यवसाय मात्र रहन सक्दैन।\n\nयात्राले नयाँ मान्छे जन्माउँछ। सन् १७४८ मार्च २१ को रात पश्चिम अफ्रिकाबाट दासहरू बोकेर हिँडेको पानीजहाज आयरल्याण्डको समुद्रमा आँधीमा फस्यो। जहाजमा थिए दासहरूको किनबेच गर्ने कुख्यात नाइके जोन न्यूटन। मृत्यु निश्चित छ भन्ने लागेपछि ईश्वर सम्झिए। त्यो रातले जोन न्युटनलाई पूर्णतः परिवर्तन गर्यो। आज विश्वभरि क्रिश्चियनहरूले प्रार्थनामा गाउने ‘अमेजिङ ग्रेस’ उनले नै लेखेका हुन्।\n\nधर्मको युद्धमा आफन्तको हत्याको पापबाट मुक्तिका लागि भगवान केदारनाथको दर्शन गर्न हिँडेका पाण्डवलाई गोरुको रूप धारण गरेर बसेका केदारनाथलाई चिनेपछि पाण्डवले समाउन बल गर्दा शीर र शरीर छुट्टियो। शरीर रहेको स्थान भारतमा केदारनाथको रूपमा प्रसिद्ध भयो। शीर भक्तपुरको डोलेश्वर हो भन्ने तथ्य सन् २००९ मा केदारपीठका मुखिया भीम शिवाचार्यले मूर्ति स्थापना गरेपछि स्थापित भयो। चार हजार वर्ष अघिको महाभारतको कथामा नेपाल महत्त्वपूर्ण रूपमा जोडिएको छ।\n\nउत्तरको महाभारत श्रृंखला र दक्षिण तराईको विशाल भूमिलाई विराटक्षेत्रको रूपमा पुराणमा वर्णन गरिन्छ। पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म महाभारत आज पनि जीवन्त छ। देवभूमि नेपालको पूर्व–पश्चिम यात्रा नेपालीका लागि शान्ति र अध्यात्मको अलौकिक अनुभव हुन्छ।\n\nप्रत्येक वर्ष सदगुरुको नेपाल यात्रा उनकै शब्दमा देवलोकको यात्रा सरह हो। यदि स्वर्ग छ भने त्यो नेपाल नै हो भन्ने गर्छन् सदगुरु। हुम्लाको लिमी उनको प्रसिद्धिको साक्षी बन्यो। लिमी कैलाश मानसरोवरको यात्राको नयाँ प्रवेशद्वार हुन सक्छ।\n\nहलिउडले हिन्दु सभ्यताको गहिराई र आस्थाको तिलस्मी प्रभावमा चलचित्र निर्माण गरिरहन्छ। आत्मा अविनाशी छ, आत्मा शरीरको यात्रामा रहन्छ भन्ने हिन्दुत्वको दर्शनलाई केन्द्रमा राखेर अर्बौं रुपैयाँ आम्दानी गरिएका चलचित्रहरू निर्माण भए। स्टारवार्स श्रृंखला, इन्टरस्टेलर, म्याट्रिक्स, इन्सेप्शनदेखि अवतारसम्म हिन्दुत्व हलिउडमा शक्तिशाली ब्रान्डको रूपमा स्थापित भएको छ।\n\nज्ञान र अनुभवका लागि विचरण जरुरी छ। समय र गन्तव्यको यात्रामा रमाउन खोज्ने लाखौं नेपाली मन आज आन्तरिक पर्यटनमा जोडिएका छन्। २०७२ सालको महाभूकम्प र कोभिडपछि नेपाली पर्यटनमाथि अनिश्चितताको बादल मडारियो। पर्यटन क्षेत्रले आन्तरिक पर्यटकमाथिको भरोसाको बलमा थेग्ने प्रयास गर्यो। २०७३ लाई नेपाल पर्यटन बोर्डको नेतृत्वमा घुमफिर वर्षको रूपमा प्रवर्द्धन गरियो। सो अभियान वर्षमा करिब ४० लाख नेपाली आन्तरिक पर्यटकको रूपमा देश घुम्न निस्किए भन्ने अनौपचारिक तथ्याङ्क छ। आज सरकारी तथ्याङ्कले करिब आधा नेपाली घुमफिरमा निस्कन थालिसकेको बताउँछ।\n\nचर्चित समालोचक तारानाथ शर्मा लेख्छन्, ‘म नेपाललाई माया गर्ने राष्ट्रवादी मान्छे हुँ र मेरो राष्ट्रको हरेक भागलाई म उत्तिकै स्नेहसित मुटुमा सँगाल्छु। म खप्तडमा वसन्त बिताउन चाहन्छु, तुम्लिङमा हिउँ खेल्न चाहन्छु र राजापुरको काँशेघारीमा झ्याउरे गाउन चाहन्छु।’ बीसको दशकमा सुदूरपश्चिमको आफ्नो यात्रा वर्णन शर्
पर्यटनको उत्तर आधुनिक यात्रा: आस्था, साहित्य र जीवन दर्शनको संगम
By अर्जुन भट्टराई •
Related Posts
समाचार
नागपञ्चमी: मानव र प्रकृतिबीचको सहअस्तित्वको प्रतीक
१ भदौ २०८३
समाचार
२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७६२ जनालाई कारबाही
१ भदौ २०८३
समाचार
जाजरकोट पहिरोपीडितका लागि कर्णाली सरकारका सात निर्णय
३१ श्रावण २०८३
