अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

वैदेशिक रोजगारमा पठाइदिने भन्दै एक करोड ७४ लाख ठगी गर्ने दुई जना पक्राउ

काठमाडौँ ।  वैदेशिक रोजगारमा इटाली तथा क्यानडा पठाइदिने भन्दै विभिन्न व्यक्तिहरूबाट एक करोड ७४ लाख ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा डडेलधुराको नवदुर्गा गाउँपालिका–४ घर भइ हाल काठमाडौँ महानगरपालिका–२९ अनामनगर बस्ने ३४ वर्षीय… Read More

September 11, 2024

राजनिती

नवीन अनुसन्धानमा लाग्न वैज्ञानिकहरुलाई प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशको समृद्धिका लागि नवीन अनुसन्धानमा जुट्न वैज्ञानिकहरुलाई  आग्रह गरेका छन् । प्रधानमन्त्री निवासमा आज आयोजित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) को ४७ औँ प्राज्ञसभामा नाष्टका कुुलपतिसमेत रहनुभएका प्रधानमन्त्री ओलीले रासायनिक मल र कीटनाशक औषधिको प्रयोगका कारण देशभरको माटो रुग्ण भएकाले यसलाई कसरी… Read More

September 10, 2024

समाचार

बाँकेको नरैनापुरमा ‘जापनिज इन्सेफ्लाइटिस’को बिरामी फेला

नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसका बिरामी फेला परेको छ । नरैनापुर–१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा प्रतिमा खड्काले जानकारी दिए । उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाको अवस्था सामान्य भएको बताए । “प्रयोगशाला परीक्षणमा… Read More

September 10, 2024

अर्थ

नेप्सेमा लगातार गिरावट, कारोबार सात अर्बमा खुम्चियो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक लगातार पाँच दिनदेखि घटिरहेको छ । आज नेप्से परिसूचक १३ दशमलव ०९ अङ्कले घटेर दुई हजार छ सय ३२ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज तीन सय २८ कम्पनीको एक करोड ९० लाख ७७ हजार पाँच सय ८३ कित्ता शेयर… Read More

September 10, 2024

राजनिती

माओवादी केन्द्रको मधेस प्रदेशको परामर्श बैठक बर्दिबासमा सुरु

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मधेस प्रदेशको परामर्श बैठक महोत्तरीको बर्दिबासमा सुरु भएको छ । दुई दिनसम्म जारी रहने बैठकमा पार्टीका केन्द्रीय पदाधिकारीका साथै मधेस प्रदेशमा कार्यरत केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीहरु सहभागी हुनुहुन्छ । बैठकको प्रारम्भमा अध्यक्ष पुष्पकमल… Read More

September 10, 2024

समाचार

अन्तर्राष्ट्रिय वित्त निगमले नेपालमा लगानी विस्तार गर्ने

काठमाडौँ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) ले नेपालमा लगानी विस्तार गर्ने भएको छ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग आज अर्थ मन्त्रालयमा भएको भेटमा आइएफसीका दक्षिण एसिया निर्देशक इमाद फाखौरीले आइएफसी नेपालमा लगानी विस्तार गर्न तयार रहेको जानकारी दिएको अर्थमन्त्री पौडेलको… Read More

September 10, 2024

अन्तराष्ट्रिय

बालीमा नयाँ होटल बनाउन इन्डोनेशियाले लगायो प्रतिबन्ध

बाली । इन्डोनेशियाले चर्चित पर्यटकीय स्थल बालीमा नयाँ होटल, भिला र नाइट क्लब निर्माणमा रोक लगाउने भएको छ । अत्यधिक निर्माण र थेग्नै नसक्ने पर्यटकको भारसँग जुधिरहेको समयमा सरकारले होटल निर्माणमा रोक लगाउन लागेको हो । बालीको पर्यटन क्षेत्रको सुधार गर्ने सरकारी प्रयास अन्तर्गत सो रोक लगाइएको बताइएको… Read More

September 10, 2024

समाचार

जाजरकोटको बारेकोटमा वडासदस्यसहित दुई जना पहिराेमा पुरिए

सुर्खेत । जाजरकोटको बारेकोट गाउँपालिका–६ धुमामा खसेको पहिरोमा बारेकोट गाउँपालिका–६ की वडा सदस्य प्रेमकुमारी र उनका श्रीमान् मानबहादुर चलाउने पुरिएका छन् । गए राति २ बजे खसेको पहिरोमा पुरिएकी चलाउनेकी ११ वर्षीया छोरी सम्झनाको घाइते अवस्थामा उद्धार गरी लिम्सास्थित अस्पताल पुर्याइएको… Read More

September 8, 2024

राजनिती

मन फराकिलो बनाएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या समाधान गर्न सकिन्छः प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले फराकिलो मन र  सहनशील  भएर संवाद गरेमा नेपाल–भारतबीचका समस्या सहज रूपमा समाधान गर्न सकिने बताएका छन् । जलस्रोत विकास संस्थाद्वारा प्रधानमन्त्री निवासमा आज आयोजित पूर्वप्रशासक सूर्यनाथ उपाध्यायको ‘अन्तर्राष्ट्रिय जलप्रवाह कानुन : नेपाल–भारत सहकार्यको दृष्टिकोण’ पुस्तकको विमोचन गर्दै प्रधानमन्त्रीले नेपाल–भारतबीचमा धेरै नभए पनि केही समस्या… Read More

September 8, 2024

अन्तराष्ट्रिय

आँधीका कारण भियतनाममा नौ जनाको मृत्यु

एजेन्सी । दक्षिणी चीन र फिलिपिन्समा आएको यागी नाम दिइएको आँधीका कारण भएका विभिन्न दुर्घटनामा भियतनाममा आइतबारसम्ममा कम्तीमा नौ जनाको मृत्यु भएको छ । आँधीका कारण भियतनामको विभिन्न तटीय क्षेत्रमा भवनका छाना उडाएको, डुङ्गा डुबाएको र पहिरो गएको बताइएको छ ।  उत्तरी भियतनामको पहाडी क्षेत्र होआ बिन्ह प्रान्तमा आइतबार बिहान… Read More

September 8, 2024