अर्थ

काठमाडौं: आजको तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक

By अर्जुन भट्टराई •

काठमाडौं: आजको तरकारी तथा फलफूलको न्यूनतम थोक मूल्य सार्वजनिक

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज सोमबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । बजारमा जाने उपभोक्ताहरूका लागि यो मूल्यसूची उपयोगी हुनेछ ।

**तरकारीको मूल्य**

गोलभँडा ठूलो (नेपाली) प्रतिकिलो ४० रुपैयाँ, गोलभेँडा सानो (लोकल) १५ रुपैयाँ र गोलभेँडा सानो (टनेल) २२ रुपैयाँ तोकिएको छ । आलु रातो (लाम्चो) ४८ रुपैयाँ, आलु रातो (भारतीय) ३३ रुपैयाँ र प्याज सुकेको (भारतीय) ५४ रुपैयाँ प्रतिकिलो रहेको छ ।

गाँजर (लोकल) ११० रुपैयाँ, बन्दा (लोकल) २० रुपैयाँ, काउली स्थानीय ९० रुपैयाँ, मूला रातो ३० रुपैयाँ, भन्टा लाम्चो ५० रुपैयाँ र भन्टा डल्लो ६० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

घिउ सिमी (लोकल) र घिउ सिमी (हाइब्रिड) दुवै ११० रुपैयाँ, घिउ सिमी (राजमा) १२० रुपैयाँ प्रतिकिलो रहेको छ । तीते करेला, लौका, परवर (लोकल) र घिरौला प्रत्येक ५० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

फर्सी पाकेको ५० रुपैयाँ, हरियो फर्सी डल्लो र लाम्चो दुवै ६० रुपैयाँ, भिण्डी ७० रुपैयाँ, सखरखण्ड १०० रुपैयाँ, पिंडालु ९० रुपैयाँ र स्कुस ६० रुपैयाँ प्रतिकिलो कायम गरिएको छ ।

सागपातमा रायोसाग २०० रुपैयाँ, पालुङ्गो २५० रुपैयाँ, चमसुरको साग र तोरीको साग प्रत्येक १०० रुपैयाँ प्रतिकिलो रहेको छ । च्याउमा कन्य च्याउ २३० रुपैयाँ, डल्ले च्याउ ४५० रुपैयाँ, राजा च्याउ ३०० रुपैयाँ र सिताके च्याउ ८०० रुपैयाँ प्रतिकिलो तोकिएको छ । यसैगरी कुरीलो ४०० रुपैयाँ र न्युरो ९० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

**फलफूलको मूल्य**

स्याउ (फूजी) २८० रुपैयाँ, केरा नेपाली २०० रुपैयाँ प्रतिकिलो र केरा मालभोग १८० रुपैयाँ प्रतिदर्जन रहेको छ । कागती १६० रुपैयाँ, अनार ४५० रुपैयाँ, आँप मालदह र दसहरी दुवै १८० रुपैयाँ प्रतिकिलो तोकिएको छ ।

भुइँकटहर प्रतिगोटा १८० रुपैयाँ, काँक्रो लोकल ५० रुपैयाँ र काँक्रो हाइब्रिड २० रुपैयाँ प्रतिकिलो रहेको छ । रुखकटहर ४० रुपैयाँ, मेवा नेपाली ८० रुपैयाँ र मेवा भारतीय १०० रुपैयाँ प्रतिकिलो निर्धारण गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.