काठमाडौं । आज सोमबार तीन वटा संसदीय समितिको बैठक बस्दैछ। शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति, विकास, आर्थिक मामिला तथा सुशासन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले आआफ्नै एजेन्डासहित बैठक आयोजना गर्दैछन्।
दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ को कार्यान्वयनको अवस्थाबारे छलफल हुनेछ।
विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे बस्नेछ। यस बैठकमा समितिको आर्थिक वर्ष २०८३/८४ को वार्षिक कार्ययोजनाबारे विस्तृत छलफल हुने कार्यक्रम रहेको छ।
त्यसैगरी, बिहान ११:३० बजे सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्नेछ। उक्त बैठकमा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरको केन्द्रीय इतिहास विभागका पदाधिकारीहरूसँग छलफल गरिनेछ।
