अर्थ

गाउँबाट उठेर अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको शिखरमा पुगे काशीराम अधिकारी

By अर्जुन भट्टराई •

गाउँबाट उठेर अन्तर्राष्ट्रिय आतिथ्य उद्योगको शिखरमा पुगे काशीराम अधिकारी

दाङको तुलसीपुर–४ बनहरीको एउटा साधारण ग्रामीण परिवारमा जन्मिएका काशीराम अधिकारी आज नेपाली आतिथ्य तथा पर्यटन उद्योगका एक प्रेरणादायी नाम बनेका छन् । वि.सं. २०३४ सालमा जन्मिएका अधिकारी हाल नेपालको अग्रणी होटल समूह ‘लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोर्ट्स’का ग्रुप प्रमुख कार्यकारी अधिकृत (Group CEO) को रूपमा कार्यरत छन् ।

उनको यात्रा सन् १९९९ मा भारतको ‘होटल सरवाना भवन’बाट सुरु भएको थियो, जहाँबाट उनले सेवा संस्कृतिको आधारभूत ज्ञान आर्जन गरे । त्यसपछि सन् २००५ मा उनले मलेसिया प्रवेश गरे र त्यहाँ द रिट्ज–कार्लटन तथा जे.डब्लु. म्यारियट जस्ता विश्वप्रसिद्ध लक्जरी होटलहरूमा नेतृत्वदायी भूमिका निभाए । मलेसियापछि सिंगापुर, इन्डोनेसियाका बाटाम र बाली (मोन्टिगो रिसोर्ट्स) हुँदै म्यानमारसम्म पुग्दा उनले अन्तर्राष्ट्रिय आतिथ्य बजार, लक्जरी रिसोर्ट सञ्चालन र बहुसांस्कृतिक टोली नेतृत्वको गहिरो अनुभव हासिल गरे ।

दुई दशकभन्दा लामो अन्तर्राष्ट्रिय अनुभव बटुलेपछि स्वदेश फर्किएका अधिकारीले नेपालको होटल उद्योगलाई नयाँ उचाइ दिने काम गरे । उनले नेपालमा होटल द फ्लेमिङ्गो (बुटवल), सिद्धार्थ हस्पिटालिटी ग्रुप र होटल सेन्टर प्वाइन्ट (कोहलपुर) जस्ता प्रतिष्ठित संस्थाहरूमा महाप्रबन्धक र प्रमुख सञ्चालन अधिकृत (COO) को रूपमा सफलतापूर्वक नेतृत्व दिए ।

हाल लुम्बिनी ग्रीन होटल्स एण्ड रिसोर्ट्सको नेतृत्व सम्हाल्दै उनले सेवा उत्कृष्टता, प्रतिभा विकास, संस्थागत संस्कृति निर्माण र समग्र पर्यटन प्रवर्द्धनमा उल्लेखनीय काम गरिरहेका छन् । सयौं युवा व्यवस्थापकहरूलाई प्रशिक्षण र करियर मार्गदर्शन दिँदै उनी नेपाललाई दक्षिण एसियाकै उत्कृष्ट पर्यटन गन्तव्य बनाउने लक्ष्यमा अघि बढिरहेका छन् ।

‘सहि आचरणका लागि नियुक्ति, सीपका लागि तालिम र चरित्रका लागि बढुवा’ भन्ने नेतृत्व दर्शन बोकेका अधिकारी मान्छन् कि कुनै पनि संस्थाको सफलता भवन वा पुँजीले होइन, सहि सोच भएका मानिसहरूले निर्धारण गर्छन् । ‘सेवा एउटा पेशा होइन, मानिसहरूको जीवनमा सकारात्मक प्रभाव छोड्ने कला हो’ भन्ने उनको आदर्शले नेपाली आतिथ्य उद्योगलाई निरन्तर मार्गदर्शन गरिरहेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.