समाचार

काठमाडौंमा २४ घण्टामा १,३११ सवारी चालकमाथि ट्राफिक कारबाही

By अर्जुन भट्टराई •

काठमाडौंमा २४ घण्टामा १,३११ सवारी चालकमाथि ट्राफिक कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभर १,३११ सवारी चालकमाथि कारबाही गरेको छ।

सोमबार बिहानसम्म उपत्यकाका विभिन्न स्थानमा सञ्चालित जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने (मापसे) २३ जना, राइड सेयरिङ सम्बन्धी नियम उल्लंघन गर्ने ६५ जना र रातो बत्ती नमानी अगाडि बढ्ने ८२ जना चालकलाई कारबाहीमा परेका छन्।

त्यसैगरी, तीव्र गतिमा सवारी चलाउने १६२ जना, हर्न निषेध क्षेत्रमा हर्न बजाउने ५३ जना, लेन उल्लंघन गर्ने १६ जना, अवस्था ठीक नभएको सवारी चलाउने ४४ जना, एकतर्फी बाटोमा नियम नमान्ने ३७ जना र अन्य विभिन्न कारणमा ८२१ जना चालकमाथि कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.