अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४१ करोड बजेट छुट्याइयो : वनमन्त्री चौधरी राजनिती

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४१ करोड बजेट छुट्याइयो : वनमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट पीडित किसान र स्थानीय समुदायको सुरक्षा तथा राहत आफ्नो मन्त्रालयको प्राथमिकतामा रहेको बताएकी छन्। आज राष्ट्रियसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण, रोकथाम तथा संरक्षणसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिएको जानकारी दिइन्।… Read More

२७ असार २०८३

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरदेखि कोरियन वनसम्म अर्थ

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरदेखि कोरियन वनसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा तोकिएको छ। युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४… Read More

२७ असार २०८३

आजको मौसम: कोशी, गण्डकी, लुम्बिनीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना समाचार

आजको मौसम: कोशी, गण्डकी, लुम्बिनीसहित यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । यतिबेला देशभर मनसुनी वायुको प्रभाव कायम छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही माथि रहेको छ। हाल देशभर साधारणतया बादल लागिरहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा तथा मधेश प्रदेशका एक-दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर अधिकांश… Read More

२७ असार २०८३

बालाजुमा ‘देउताको भैँसी’ प्रदर्शन : मेलम्ची बाढीको मार्मिक कथा, साथमा रैथाने नेवारी परिकारको रौनक मनोरंजन

बालाजुमा ‘देउताको भैँसी’ प्रदर्शन : मेलम्ची बाढीको मार्मिक कथा, साथमा रैथाने नेवारी परिकारको रौनक

काठमाडौं । काठमाडौं महानगरपालिकाको ‘टोल टोलमा फिल्म महोत्सव’ कार्यक्रमअन्तर्गत शुक्रबार बालाजु क्षेत्रमा नेपाली वृत्तचित्र ‘देउताको भैँसी’ (गड्स बफेलो) प्रदर्शन गरियो। सञ्चारकर्मी तथा छायाँकार विष्णु कल्पितले निर्माण गरेको यो वृत्तचित्र येँःका पुचको व्यवस्थापकीय सहयोगमा बालाजु बाइपास क्षेत्रमा देखाइएको हो। प्रदर्शनीमा स्थानीय समुदायको उल्लेख्य उपस्थिति रह्यो। जम्मा १४ मिनेट लामो यस डकुमेन्ट्रीमा… Read More

२६ असार २०८३

जलन भएमा के गर्ने? विज्ञले दिए यी महत्वपूर्ण सुझाव समाचार

जलन भएमा के गर्ने? विज्ञले दिए यी महत्वपूर्ण सुझाव

काठमाडौं। जलन भएपछि तत्काल सही प्राथमिक उपचार अपनाउनु अत्यन्त जरुरी हुन्छ। इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालका अनुसार समयमै र सही तरिकाले प्राथमिक उपचार गरिएमा बिरामीको अवस्था थप जटिल हुनबाट जोगाउन सकिन्छ। डा. धितालका अनुसार जलन भएको अवस्थामा सबैभन्दा पहिले आगो निभाउनुपर्छ, त्यसपछि मात्र प्राथमिक उपचारतर्फ ध्यान दिनुपर्छ।… Read More

२६ असार २०८३

सडक विस्तार मात्रै काफी छैन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार चाहिन्छ : गगन थापा राजनिती

सडक विस्तार मात्रै काफी छैन, सार्वजनिक यातायात र पैदलमैत्री पूर्वाधार चाहिन्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सडक विस्तारलाई मात्रै विकासको मापदण्ड मान्ने पुरानो सोचबाट बाहिर निस्कनुपर्ने बताएका छन् । उनले सडक सुरक्षाका लागि पूर्वाधार निर्माण, सार्वजनिक यातायातको विकास र सचेतनामूलक परिवर्तनमा जोड दिनुपर्ने धारणा राखे । शुक्रबार नेपाली कांग्रेसको ‘ग्रीन टेबल’ कार्यक्रममा ‘सडक सुरक्षा व्यवस्थापन : दण्डात्मक नियन्त्रण कि… Read More

२६ असार २०८३

सर्लाहीमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, हेलिकप्टरबाट काठमाडौं उपचारका लागि ल्याइँदै समाचार

सर्लाहीमा युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाए, हेलिकप्टरबाट काठमाडौं उपचारका लागि ल्याइँदै

सर्लाही । सर्लाहीको गौडेता नगरपालिका–१० का ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। प्रहरीका अनुसार घरमा विवाद भएपछि मण्डल घरबाट निस्किएर सडकमा पुगे र त्यहीँ आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाए। आगो लगाउनुको कारण भने अहिलेसम्म खुलेको छैन। घाइते मण्डललाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याउने… Read More

२६ असार २०८३

सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न अर्थ

सोलुखुम्बुमा धान रोपाइँमा उत्साहजनक प्रगति, गत वर्षभन्दा ११ प्रतिशत बढी क्षेत्रमा रोपाइँ सम्पन्न

सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा यस वर्ष धान रोपाइँले उत्साहजनक गति लिएको छ। गत वर्षको तुलनामा ११.११ प्रतिशत बिन्दुले बढी क्षेत्रमा रोपाइँ सम्पन्न भएको कृषि ज्ञान केन्द्र, सोलुखुम्बुले जनाएको छ। केन्द्रको आधिकारिक तथ्याङ्कअनुसार असार २२ गतेसम्म जिल्लाको धान खेतीयोग्य क्षेत्रफलको ३८.०४ प्रतिशतमा रोपाइँ सम्पन्न भइसकेको छ। गत आर्थिक वर्षको यही अवधिमा… Read More

२६ असार २०८३

फिल्म ‘आशा’ घोषणा समारोहमा अनुभवी ड्रेसम्यान कमल मिश्रलाई ५१ हजार नगदसहित सम्मान मनोरंजन

फिल्म ‘आशा’ घोषणा समारोहमा अनुभवी ड्रेसम्यान कमल मिश्रलाई ५१ हजार नगदसहित सम्मान

काठमाडौं । नेपाली फिल्म ‘आशा’ को निर्माण घोषणा समारोहमा दशकौंदेखि चलचित्र क्षेत्रमा कार्यरत अनुभवी प्राविधिक कमल मिश्रलाई विशेष सम्मान गरिएको छ। विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’ बाट भेषभूषा विभाग (ड्रेसम्यान) को रूपमा आफ्नो करियर सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष… Read More

२६ असार २०८३

किन बचेनन् गणेश नेपाली? इनहेलेसन इन्जुरी र ६५ प्रतिशत जलनले लियो ज्यान समाचार

किन बचेनन् गणेश नेपाली? इनहेलेसन इन्जुरी र ६५ प्रतिशत जलनले लियो ज्यान

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागअगाडि आत्मदाह प्रयास गरेका मुगुका २५ वर्षीय गणेश नेपालीको उपचारका क्रममा निधन भएपछि उनको उपचारलाई लिएर विभिन्न प्रश्न उठेका थिए। आखिर किन बचाउन सकिएन उनलाई? इन्टरबर्न नेपालका रिजनल अपरेसन म्यानेजर डा. अनिल धितालले यसको स्पष्ट जवाफ दिएका छन्। उनका अनुसार गणेशको शरीरको करिब ६५ प्रतिशत भाग जलेको… Read More

२६ असार २०८३