समाचार

आज विश्व जनसंख्या दिवस: पृथ्वीमा जनसंख्या एक अर्ब पुग्न लाग्यो तीन लाख वर्ष

By अर्जुन भट्टराई

आज विश्व जनसंख्या दिवस: पृथ्वीमा जनसंख्या एक अर्ब पुग्न लाग्यो तीन लाख वर्ष

काठमाडौं। आज शनिबार विश्व जनसंख्या दिवस मनाइँदैछ। हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाउने गरिन्छ।

सन् १९८७ को जुलाई ११ मा विश्वको जनसंख्या करिब ५ अर्ब पुगेको उपलक्ष्यमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको थियो। त्यसयता प्रत्येक वर्ष यो दिन विश्वभर विभिन्न कार्यक्रम आयोजना गरी मनाउने परम्परा छ।

विश्व जनसंख्या दिवसको अवसरमा संयुक्त राष्ट्रसंघले प्रकाशित गरेको जनसंख्या प्रतिवेदन अनुसार पृथ्वीमा मानव प्रजातिको सृष्टि भएदेखि जनसंख्या एक अर्ब पुग्न करिब तीन लाख वर्ष लागेको थियो। हालसालै विश्वको कुल जनसंख्या आठ अर्ब पुगेको पनि घोषणा गरिएको छ।

नेपालमा पनि यो दिवसका अवसरमा विभिन्न कार्यक्रम आयोजना गरी मनाउने गरिन्छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.