अर्थ

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरदेखि कोरियन वनसम्म

By अर्जुन भट्टराई

आजको विदेशी मुद्रा विनिमय दर: अमेरिकी डलरदेखि कोरियन वनसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले शनिबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १५२ रुपैयाँ २३ पैसा र बिक्री दर १५२ रुपैयाँ ८३ पैसा तोकिएको छ।

युरोपियन युरो एकको खरिद दर १७३ रुपैयाँ ९६ पैसा र बिक्री दर १७४ रुपैयाँ ६५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिद दर २०४ रुपैयाँ १५ पैसा र बिक्री दर २०४ रुपैयाँ ९५ पैसा, र स्विस फ्रयाङ्क एकको खरिद दर १८८ रुपैयाँ ६४ पैसा र बिक्री दर १८९ रुपैयाँ ३८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिद दर १०५ रुपैयाँ ७५ पैसा र बिक्री दर १०६ रुपैयाँ १७ पैसा, क्यानेडियन डलर एकको खरिद दर १०७ रुपैयाँ ४३ पैसा र बिक्री दर १०७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिद दर ११७ रुपैयाँ ९१ पैसा र बिक्री दर ११८ रुपैयाँ ३७ पैसा र जापानी येन १० को खरिद दर नौ रुपैयाँ ४१ पैसा र बिक्री दर नौ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको छ।

चिनियाँ युआन एकको खरिद दर २२ रुपैयाँ ४६ पैसा र बिक्री दर २२ रुपैयाँ ५५ पैसा, साउदी अरेबियन रियाल एकको खरिद दर ४० रुपैयाँ ५५ पैसा र बिक्री दर ४० रुपैयाँ ७१ पैसा, कतारी रियाल एकको खरिद दर ४१ रुपैयाँ ७८ पैसा र बिक्री दर ४१ रुपैयाँ ९४ पैसा र थाइ भाट एकको खरिद दर चार रुपैयाँ ५७ पैसा र बिक्री दर चार रुपैयाँ ५९ पैसा तोकिएको छ।

यसका साथै, युएई दिराम एकको खरिद दर ४१ रुपैयाँ ४५ पैसा र बिक्री दर ४१ रुपैयाँ ६१ पैसा, मलेसियन रिङ्गेट एकको खरिद दर ३७ रुपैयाँ ४० पैसा र बिक्री दर ३७ रुपैयाँ ५५ पैसा र साउथ कोरियन वन १०० को खरिद दर १० रुपैयाँ १२ पैसा र बिक्री दर १० रुपैयाँ १६ पैसा कायम गरिएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.