समाचार
वर्षा ऋतुसँगै पहाडका डाँडाकाँडा हरियालीले ढाकिएका छन्। मकैबारी र रंगीबिरंगी फूलहरूले पहाडको प्राकृतिक सौन्दर्यलाई अझ मनमोहक बनाएका छन्। यी मनलोभ्याउने दृश्यहरू रामप्रसाद राई गाउँपालिका–५ मनोभञ्ज्याङबाट देखिएको भोजपुरका हुन्। तस्विरहरू खेमराज सापकोटा, नेपाल न्यूज बैंकद्वारा खिचिएका हुन्।
७ श्रावण २०८३
अर्थ
काठमाडौं। चीनको SAIC ग्रुप अन्तर्गतको MAXUS सवारीसाधनका लागि नेपालको आधिकारिक आयातकर्ता तथा वितरक हिमालय अर्गनाइजेसन अन्तर्गतको कम्पनी हिमालय मोट्रक्स प्रा.लि.ले नयाँ इलेक्ट्रिक फोर-ह्वील ड्राइभ पिकअप MAXUS eTERRON 9 Comfort नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीले यस गाडीको विशेष सुरुवाती मूल्य ८८ लाख रूपैयाँ तोकेको छ, जुन पहिलो ५० जना ग्राहकका… Read More
७ श्रावण २०८३
अर्थ
काठमाडौं । देशभरका सबै स्थानीय तहमा चाँडै भूमि बैंक सञ्चालनमा आउने भएको छ । बाँझो र प्रयोगविहीन अवस्थामा रहेका निजी जग्गालाई उत्पादनमूलक काममा लगाउने उद्देश्यले भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यो प्रक्रिया अघि बढाएको हो । मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै जानकारी दिएअनुसार भूमि उपयोग ऐन,… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताका लागि चीन प्रस्थान गरेका छन्। खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीन रवाना भएका हुन्। भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ। यस अवसरमा नेपाल–चीन द्विपक्षीय… Read More
७ श्रावण २०८३
समाचार
काठमाडौं — नागरिक बचाउ महाअभियान सुकुम्बासी समायोजन समितिले बिहीबार माइतिघर मण्डलामा विरोध प्रदर्शन गर्यो। भूमिहीन सुकुम्बासीहरूलाई पनि यो देशमा बाँच्न दिनुपर्छ भन्ने माग राख्दै प्रदर्शनकारीहरू सडकमा उत्रिएका थिए। (तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक)
७ श्रावण २०८३
समाचार
काठमाडौं — आम द्वन्द्वपीडित समुदायले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्यो। संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको मुख्य माग थियो। धर्नामा सहभागी पीडितहरूले स्पष्ट भने — पीडितको सहभागिताबिना गरिएको कुनै पनि न्यायिक निर्णय आफूहरूलाई स्वीकार्य हुने छैन। द्वन्द्वपीडित समुदायसँग पर्याप्त संवाद गरी उनीहरूलाई निर्णय प्रक्रियामा सार्थक… Read More
७ श्रावण २०८३
समाचार
काठमाडौं। वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी धनगढीमा सत्याग्रहमा बस्ने भएका छन्। आज बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट उनले सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्। चिकित्सा शिक्षा सुधारको माग राख्दै यसअघि पनि पटक–पटक सत्याग्रहमा बसिसकेका डा. केसीले यसपटक सात बुँदे माग अगाडि राखेका… Read More
७ श्रावण २०८३
अर्थ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले नवलपरासी (सुस्ता पूर्व) त्रिवेणी गाउँपालिका–२ घुसेनीमा ११ केभी विद्युत् प्रसारण लाइनको तार छोएर दुवै हात गुमाएका बालकलाई उपचार खर्चसहित कुल १५ लाख ७१ हजार २५० रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ। प्राधिकरणको सञ्चालक समितिको बैठकले उपचार खर्च, क्षतिपूर्ति र कुरुवा खर्चसहितको उक्त रकम स्वीकृत गरेको… Read More
७ श्रावण २०८३
राजनिती
रामेछाप । नेपाली कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवस बिहीबार उनकै जन्मथलो रामेछापको भँगेरीमा हर्षोल्लासका साथ मनाइयो। नेकपा एमाले रामेछापको आयोजनामा भएको कार्यक्रममा शहीद गंगालाल र पुष्पलालको सालिकामा पुष्पगुच्छा चढाएर उनीप्रति श्रद्धा व्यक्त गरियो। यो जानकारी एमाले रामेछापका सचिव प्रकाशकुमार कार्कीले दिए। कार्यक्रम नेकपा एमाले रामेछापका कार्यवाहक… Read More
७ श्रावण २०८३
अन्तराष्ट्रिय
अफ्रिकामा फैलिरहेको इबोला प्रकोपले अहिलेसम्म एक हजारभन्दा बढीको ज्यान लिइसकेको छ। प्रजातान्त्रिक गणतन्त्र कंगो (डीआरसी) र युगान्डाका स्वास्थ्य निकायले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार दुवै देशमा गरी इबोलाबाट मृत्यु हुनेको कुल संख्या १ हजार १ पुगेको छ। कंगोको स्वास्थ्य मन्त्रालयले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार सोमबारसम्म देशमा २ हजार ४७३ जनामा इबोला… Read More
७ श्रावण २०८३