समाचार
वीरगञ्ज । पर्सामा ९० प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्रले यो वर्ष पर्याप्त पानी उपलब्ध भएकाले जिल्लामा ९० प्रतिशत रोपाइँ सकिएको जनाएको छ । केन्द्रका प्रमुख कमलदेवप्रसाद कुशवाहाले पर्सामा धानको ब्याड राखेको ठाउँबाहेक अन्य स्थानमा रोपाइँ अन्तिम चरणमा पुगेको बताए । “गत वर्षको तुलनामा जिल्लामा धान रोपाइँ… Read More
August 4, 2024
राजनिती
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता एवं पूर्वमन्त्री प्रेमबहादुर आलेले देश र जनताका पक्षमा समर्पित भएर निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । बुडर शाक्य एकेडेमीले शनिबार काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जनताले विश्वास गरेकाले स्थानीय, प्रदेश र सङ्घीय सरकारसमक्ष जनताका माग… Read More
August 4, 2024
अन्तराष्ट्रिय
एजेन्सी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ । डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई आफ्नो पार्टीको तर्फबाट राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् । यसै सन्दर्भमा ह्यारिसले सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक… Read More
August 4, 2024
अर्थ
काठमाडौँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र साइमेक्स इंक प्रालिबीच बिवाइडीका गाडीहरूमा फाइनान्सिङका लागि सम्झौता भएको छ । नेपालमा विद्युतीय सवारीको पहुँच बढाउ लक्ष्यका साथ यो सम्झौता गरिएको हो । समझदारी पत्रमा बैंक प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे र साइमेक्स इंककी सेल्स हेड सन्ध्या श्रेष्ठले हस्ताक्षर गरेका छन् ।… Read More
August 4, 2024
समाचार
काठमाडौँ । ‘मिस नेपाल वर्ल्ड २०२४’ को उपाधि आश्माकुमारी केसीले जितेकी छिन् । शनिबार गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा भएको अन्तिम प्रतिस्पर्धामा २५ प्रतिस्पर्धीलाई पछि पार्दै केसीले उपाधि जितेकी हुन् । उनलाई गत वर्षकी मिस नेपाल श्रृच्छा प्रधानले ताज पहिराइदिइन् । प्रतियोगितामा सुमना केसीले ‘मिस नेपाल अर्थ २०२४’ र करुणा रावतले… Read More
August 4, 2024
अर्थ
काठमाडौँ । आज आइतवार साताको पहिलो कारोबारको दिन सुनको मूल्यमा सामान्य गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । शुक्रबार सुनको मूल्य हालसम्मकै उच्च मूल्यमा पुगेर नयाँ रेकर्ड बनाएको थियो । महासंघका अनुसार आज छापावाला सुन प्रतितोला एक लाख… Read More
August 4, 2024
राजनिती
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधीले वर्तमान गठबन्धन लामो समयसम्म टिक्ने बताएका छन् । जनकपुरधामको श्रीराम युवा कमिटीको नव निर्वाचित पदाधिकारीहरुको शपथग्रहण समारोहलाई सम्बोधन गर्दै निधीले यो गठबन्धन लामो समयसम्म चल्ने र राजनीतिक स्थायित्व प्रदान गर्ने बताए । उनले प्रधानमन्त्री केपी शर्मा ओली स्वयंले सांसदमै आफू… Read More
August 4, 2024
राजनिती
गण्डकी । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले शिक्षा क्षेत्रका विद्यमान समस्या समाधान गर्न समग्र शिक्षण तथा मूल्याङ्कन प्रणालीको पुनःसरचना आवश्यक रहेको बताएकी छिन् । प्रेस चौतारी कास्कीद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले विद्यालय शिक्षा ऐन निर्माणमा शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिले छलफललाई निरन्तरता दिएको बताइन्… Read More
August 4, 2024
राजनिती
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले समावेशिता र सङ्घीयतामाथिको प्रहार सैह्य नहुने बताएका छन् । शनिबार पार्टीको ओखलढुङ्गा काठमाडौँ सम्पर्क समितिले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष यादवले राजनीतिक स्थिरताका नाममा समावेशिता, थ्रेसहोल्ड र सङ्घीयतामाथि प्रहार हुनेतर्फ सचेत रहनुपर्ने धारणा राखे । उनले विभिन्न नियुक्तिबाट सरकारले… Read More
August 4, 2024
राजनिती
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् । समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसकेका यादव आइतबार एमाले प्रवेश गरेका हुन् । उनीसहित मधेश प्रदेशबाट बिभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।… Read More
August 4, 2024