राजनिती
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले पार्टीभित्रको आलोचनामा अल्झिनुभन्दा बीपी कोइरालाका विचार र आदर्शलाई २१औँ शताब्दीका युवाको भावनासँग जोडेर अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार काठमाडौंको राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहलाई सम्बोधन गर्दै शर्माले भने, ‘कसैले कहीँ भेला भएर धेरै आलोचना गर्नुभयो… Read More
७ श्रावण २०८३
समाचार
काठमाडौं । स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक प्राविधिक समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणले आज बिहीबार अपराह्न ४:३० बजेदेखि ५:३० बजेसम्म करिब एक घण्टाका लागि मर्मत कार्य गर्नुपर्ने भएको छ। यस अवधिमा काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुन सक्नेछ। प्राधिकरणका अनुसार स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत आपूर्ति… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपालले राष्ट्रिय राजनीति हाल गम्भीर संकटको अवस्थामा रहेको बताउँदै देशको भविष्य, लोकतन्त्र, संविधान र गणतन्त्रप्रति गहिरो चिन्ता व्यक्त गरेका छन्। बिहीबार प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै उनले भने, ‘राष्ट्रिय राजनीति अहिले हामीले सोचेजस्तो सकारात्मक… Read More
७ श्रावण २०८३
राजनिती
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीले जनताका वास्तविक समस्या र मुद्दालाई आफ्नो एजेन्डाको केन्द्रमा राखेर नयाँ ढंगबाट अघि बढ्नुपर्ने बताएका छन्। बिहीबार राष्ट्रिय सभागृहमा नेपाली कांग्रेसद्वारा आयोजित ‘जरा अभियान’ समापन तथा नयाँ अभियान घोषणा समारोहमा बोल्दै महामन्त्री पौडेलले पार्टीले समयअनुसार आफ्ना एजेन्डा र अभियान परिमार्जन गर्न जरुरी रहेको… Read More
७ श्रावण २०८३
समाचार
काठमाडौंस्थित अर्पण ब्याङ्क्वेटमा समाजवादी प्रेस संगठन नेपाल केन्द्रीय कमिटीको आयोजनामा प्रदीप नेपाल स्मृति पत्रकारिता पुरस्कार तथा सुरेश रजक स्मृति फोटो पत्रकारिता पुरस्कार वितरण समारोह सम्पन्न भयो। समारोहका तस्बिरहरू सक्षम घिमिरे, नेपाल न्यूज बैंकले खिचेका हुन्।
७ श्रावण २०८३
समाचार
काठमाडौं । आम द्वन्द्वपीडित समुदायले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्। प्रदर्शनमा सहभागीहरूले स्पष्ट भाषामा भने— पीडितको सहभागिताबिना कुनै पनि न्यायिक निर्णय स्वीकार्य हुनेछैन। प्रदर्शनका क्रममा वरिष्ठ अधिवक्ता एकराज भण्डारीले शान्ति प्रक्रियाका तीन मुख्य एजेन्डामध्ये संविधान निर्माण… Read More
७ श्रावण २०८३
अर्थ
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरिकुमारी यादवले नेपालका रैथाने तथा मौलिक उत्पादनको संरक्षण र प्रवर्द्धनका लागि भौगोलिक संकेत (जीआई) सम्बन्धी कानुन ल्याउने प्रतिबद्धता जनाएकी छन्। बिहीबार मन्त्री यादव र नेपालका लागि खाद्य तथा कृषि संगठन (एफएओ) का प्रतिनिधि केन सिमिजुबीच शिष्टाचार भेटवार्ता भयो। उक्त भेटमा नेपालका विभिन्न भौगोलिक… Read More
७ श्रावण २०८३
समाचार
सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–१२, मधुवनी निवासी जनारसी देवी पासवानले ६४ वर्षको उमेरमा पहिलोपटक नेपाली नागरिकता पाएकी छन्। मंगलबार जिल्ला प्रशासन कार्यालय सर्लाहीबाट उनले नागरिकताको प्रमाणपत्र हात पारिन्। यो सम्भव भयो — गोडैता नगरपालिका–१२ का वडाध्यक्ष केशव कुमारको करिब ६ महिनासम्मको निरन्तर प्रयासका कारण। नागरिकता नहुँदा जनारसी देवीले वर्षौंदेखि दैनिक… Read More
७ श्रावण २०८३
अर्थ
काठमाडौं । कृषि वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को अन्तिम तीन महिनाको अवधिमा विकास निर्माणसँग सम्बन्धित जम्मा ४४ वातावरणीय प्रक्रियाहरू सम्पन्न गरेको छ। मन्त्रालयको वातावरण तथा जैविक विविधता महाशाखाका अनुसार वैशाख १ देखि असार ३२ गतेसम्मको अवधिमा १६ आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र ११ आयोजनाको क्षेत्र निर्धारण… Read More
७ श्रावण २०८३
समाचार
काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई कम्बोडिया र न्यूजिल्याण्ड पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा काठमाडौं तारकेश्वर नगरपालिका–५ बस्ने, धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका–७ घर भएका ३७ वर्षीय हरि बहादुर पन्त र ललितपुर गोदावरी नगरपालिका–३ बस्ने, सिन्धुलीको सुनकोशी गाउँपालिका–२ घर भएका ४७… Read More
७ श्रावण २०८३