काठमाडौं । स्युचाटार सबस्टेशनको १३२ केभी बसबारमा आकस्मिक प्राविधिक समस्या देखिएपछि नेपाल विद्युत प्राधिकरणले आज बिहीबार अपराह्न ४:३० बजेदेखि ५:३० बजेसम्म करिब एक घण्टाका लागि मर्मत कार्य गर्नुपर्ने भएको छ। यस अवधिमा काठमाडौंका केही क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध हुन सक्नेछ।
प्राधिकरणका अनुसार स्युचाटार, पाटन, के–३ र टेकु सबस्टेशनबाट विद्युत आपूर्ति पाउने क्षेत्रका उपभोक्ताहरू यस अवधिमा प्रभावित हुनेछन्।
प्राधिकरणले मर्मत कार्य तोकिएको समयभन्दा पहिले नै सकिएमा विद्युत सेवा तुरुन्तै पुनः सञ्चालन गरिने जानकारी दिएको छ। साथै, यस अवरोधबाट उपभोक्ताहरूलाई पर्ने असुविधाप्रति प्राधिकरणले क्षमायाचना पनि गरेको छ।
