समाचार

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै द्वन्द्वपीडित माइतीघरमा

By अर्जुन भट्टराई •

सत्य निरूपण तथा बेपत्ता छानबिन आयोग गठनको माग गर्दै द्वन्द्वपीडित माइतीघरमा

काठमाडौं — आम द्वन्द्वपीडित समुदायले बिहीबार काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्यो। संक्रमणकालीन न्याय प्रक्रियामा पीडितको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्नुपर्ने उनीहरूको मुख्य माग थियो।

धर्नामा सहभागी पीडितहरूले स्पष्ट भने — पीडितको सहभागिताबिना गरिएको कुनै पनि न्यायिक निर्णय आफूहरूलाई स्वीकार्य हुने छैन। द्वन्द्वपीडित समुदायसँग पर्याप्त संवाद गरी उनीहरूलाई निर्णय प्रक्रियामा सार्थक रूपमा समेट्न सरकारसँग माग गरियो।

प्रदर्शनकारीहरूले विश्वसनीय, निष्पक्ष र पारदर्शी प्रक्रियाबाट सत्य निरूपण तथा बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तत्काल गठन गर्नुपर्ने माग पनि दोहोर्याए।

(तस्विर : सक्षम घिमिरे / नेपाल न्यूज बैंक)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.