काठमाडौं। वरिष्ठ चिकित्सक तथा चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी धनगढीमा सत्याग्रहमा बस्ने भएका छन्।
आज बिहीबार दिउँसो ३ बजेदेखि धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालाबाट उनले सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन्।
चिकित्सा शिक्षा सुधारको माग राख्दै यसअघि पनि पटक–पटक सत्याग्रहमा बसिसकेका डा. केसीले यसपटक सात बुँदे माग अगाडि राखेका छन्।
उनले स्वास्थ्य क्षेत्रलाई सरकारले नै निजीकरण गर्न खोजेको भन्दै त्यसलाई रोक्नका लागि यो सत्याग्रहमा बस्न लागेको बताएका छन्।
