राजनिती

पूर्वप्रधानमन्त्री झलनाथ खनाल एक साताको भ्रमणमा चीन प्रस्थान

By अर्जुन भट्टराई •

पूर्वप्रधानमन्त्री झलनाथ खनाल एक साताको भ्रमणमा चीन प्रस्थान

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनाल जनवादी गणतन्त्र चीनको मैत्रीपूर्ण निमन्त्रणामा एक साताका लागि चीन प्रस्थान गरेका छन्।

खनाल आज सिचुवान एयरलाइन्सको उडानमार्फत चीन रवाना भएका हुन्।

भ्रमणका क्रममा उनले चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का उच्च नेतृत्वसँग भेटघाट गर्ने कार्यक्रम छ। यस अवसरमा नेपाल–चीन द्विपक्षीय सम्बन्ध, पारस्परिक हित, परम्परागत मैत्री तथा विभिन्न क्षेत्रमा आपसी सहयोग विस्तारका विषयमा उच्चस्तरीय छलफल हुने जानकारी दिइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.