अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

कमल खेतीले बदल्यो पूर्वी चीनको सुजाउको आर्थिक तस्बिर अन्तराष्ट्रिय

कमल खेतीले बदल्यो पूर्वी चीनको सुजाउको आर्थिक तस्बिर

पूर्वी चीनको सुजाउ सहरमा कमल खेतीले कृषि, पर्यटन र स्थानीय व्यापारलाई एकसाथ जोड्दै बहुआयामिक उद्योगको रूप लिएको छ। गर्मीयाममा फुल्ने कमलका फूलहरू अहिले स्थानीय बासिन्दाका लागि आकर्षक आम्दानीको स्रोत मात्र नभई पर्यटक तान्ने प्रमुख माध्यम पनि बनेका छन्। सुजाउका किसानहरू बिहान सबेरै उठेर ताजा कमलका फूल टिपी स्थानीय बजारमा पुर्‍याउने… Read More

२८ असार २०८३

निजी विद्यालयका चार संगठनको माग: ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर शिक्षा

निजी विद्यालयका चार संगठनको माग: ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर

काठमाडौं। निजी विद्यालयका चार प्रमुख संगठनले आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सरकारले प्रस्ताव गरेको ३ प्रतिशत समता शिक्षा सेवा शुल्क खारेज गर्न माग गरेका छन्। आइतबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा एसोसिएसन अफ प्राइभेट एजुकेशनल इन्स्टिच्युसन्स नेपाल (अपेन), हायर सेकेन्डरी स्कुल्स एसोसिएसन नेपाल (हिसान), राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल… Read More

२८ असार २०८३

सोलुखुम्बुमा कृषि अनुदानको संयुक्त स्थलगत अनुगमन, फार्मदेखि दुग्ध उद्योगसम्म कडा निरीक्षण समाचार

सोलुखुम्बुमा कृषि अनुदानको संयुक्त स्थलगत अनुगमन, फार्मदेखि दुग्ध उद्योगसम्म कडा निरीक्षण

सोलुखुम्बु । राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत सोलुखुम्बुमा सञ्चालित कृषि, पशुपालन तथा व्यावसायिक योजनाहरूको शनिबार अन्तर–निकाय संयुक्त स्थलगत अनुगमन सम्पन्न भयो। चालु आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका योजनाहरूको प्रभावकारिता, पारदर्शिता र सरकारी अनुदानको वास्तविक सदुपयोग भए–नभएको जाँच्ने उद्देश्यले जिल्लाका विभिन्न कृषि फार्म, किवी बगैंचा, दुग्ध उद्योग र माछा फार्मको विस्तृत… Read More

२८ असार २०८३

रासायनिक मलको अभावमै रोपाई गर्न बाध्य भए सूदूरपश्चिमका किसान समाचार

रासायनिक मलको अभावमै रोपाई गर्न बाध्य भए सूदूरपश्चिमका किसान

धनगढी । यस वर्ष पनि सूदूरपश्चिममा रासायनिक मलको अभाव उच्च रह्यो। लामो समयसम्म मल पाउने आशामा बसेका किसान अन्ततः मल बिनै रोपाई गर्न बाध्य भएका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर–३ का मनबहादुर चौधरी असार तेस्रो साता पुग्दासम्म पनि रासायनिक मलको प्रतीक्षामा बसे। मलका लागि यहाँका हरेक सहकारीमा धाए, तर कतै… Read More

२८ असार २०८३

स्टार्टअपलाई राष्ट्र निर्माणको आधार बनाउनुपर्छ : काठमाडौं संवाद कार्यक्रम अर्थ

स्टार्टअपलाई राष्ट्र निर्माणको आधार बनाउनुपर्छ : काठमाडौं संवाद कार्यक्रम

काठमाडौं । नेपालमा आर्थिक रूपान्तरणका लागि स्टार्टअप, नवप्रवर्तन र उद्यमशीलतालाई विकासको मुख्य आधार बनाउनुपर्ने आवाज उठेको छ। शनिबार काठमाडौंमा ‘राष्ट्र निर्माणमा स्टार्टअपहरूको भूमिका : नयाँ सरकार र चाल्नुपर्ने कदमहरू’ विषयक राष्ट्रिय संवाद कार्यक्रम सम्पन्न भयो। इन्टरप्रेन्योर्स क्लब ग्लोबल नेपाल च्याप्टर र स्टार्टअप हब नेपाल–वल्र्ड ट्रेड ग्रुपले संयुक्त रूपमा यो कार्यक्रम… Read More

२८ असार २०८३

पेस्तोल तेर्स्याएर प्रहरीलाई ललकार्दा गोली लाग्यो, हेरोइनसहित तीन गिरफ्तार समाचार

पेस्तोल तेर्स्याएर प्रहरीलाई ललकार्दा गोली लाग्यो, हेरोइनसहित तीन गिरफ्तार

काठमाडौं । रूपन्देहीको मायादेवी गाउँपालिका-६ गुरबनियाबाट शुक्रबार राति प्रहरीले लागूऔषध कारोबार गर्दै गरेका तीन जनालाई पक्राउ गरेको छ। उनीहरूसँग १ थान पेस्तोल, २ राउण्ड गोली र करिब २०० ग्राम खैरो हेरोइन बरामद भएको छ। पक्राउ पर्नेहरूमा लुम्बिनी साँस्कृतिक नगरपालिका-४ बस्ने २४ वर्षीय साराजुद्दिन मुसलमान, भारतको उत्तरप्रदेश घर भएका ५० वर्षीय… Read More

२८ असार २०८३

अर्थ

सुनको मूल्य तोलामा ६०० रुपैयाँले बढ्यो, चाँदी भने सस्तियो

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले बढेर २ लाख ८८ हजार रुपैयाँमा पुगेको छ। यसअघि शुक्रबार सुन प्रतितोला २ लाख ८७ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। अर्कोतर्फ, चाँदीको मूल्यमा भने केही गिरावट आएको… Read More

२८ असार २०८३

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : ‘बैंकिङ एन्ड बियोन्ड’को नयाँ अध्यायमा नेपालको अर्थतन्त्रको बलियो खम्बा अर्थ

नबिल बैंकको ४२ वर्षे गौरवमय यात्रा : ‘बैंकिङ एन्ड बियोन्ड’को नयाँ अध्यायमा नेपालको अर्थतन्त्रको बलियो खम्बा

काठमाडौं । नेपालको पहिलो निजी क्षेत्रको वाणिज्य बैंक — नबिल बैंक लिमिटेड — ले आफ्नो स्थापनाको ४२ वर्ष पूरा गर्दै ४३औँ वर्षमा प्रवेश गरेको छ । यस खुसीको अवसरमा बैंकले विशेष उत्सव मनाइरहेको छ । सन् १९८४ मा स्थापित यस बैंकले ‘बैंकिङ एन्ड बियोन्ड’ — अर्थात् बैंकिङभन्दा पनि धेरै —… Read More

२८ असार २०८३

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु, चितवनदेखि कोहलपुरसम्म सहज हुने समाचार

मार्कीचोक–भरतपुर २२० केभी प्रसारण लाइनबाट विद्युत् प्रवाह सुरु, चितवनदेखि कोहलपुरसम्म सहज हुने

काठमाडौं । तनहुँको मार्कीचोकस्थित न्यु मर्स्याङ्दी सब स्टेसनदेखि चितवनको आँपटारीस्थित न्यु भरतपुर सब स्टेसनसम्म जोडिएको २२० केभी डबल सर्किट प्रसारण लाइनबाट शनिबार दिउँसो ३ बजेदेखि विद्युत् प्रवाह सुरु भएको छ। ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्री विराजभक्त श्रेष्ठको प्रत्यक्ष पहलमा यो प्रसारण लाइन सञ्चालनमा आएको ऊर्जा मन्त्रालयले जनाएको छ। मन्त्री श्रेष्ठ… Read More

२८ असार २०८३

जागिर गुमाएर निराश विवेकले लगाए आफ्नै शरीरमा आगो, काठमाडौंमा उपचार जारी समाचार

जागिर गुमाएर निराश विवेकले लगाए आफ्नै शरीरमा आगो, काठमाडौंमा उपचार जारी

सर्लाही । विज्ञान विषयमा स्नातकोत्तर (एमएस्सी) उत्तीर्ण ३५ वर्षीय विवेक मण्डलले शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास गरेका छन् । सर्लाहीको गोडैता नगरपालिका–१० सिसौटिया निवासी मण्डल अहिले काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचाररत छन् । प्रहरीका अनुसार उनको शरीरको अधिकांश भाग जलेको छ । शुक्रबार दिउँसो घटना भएपछि मण्डललाई तत्काल… Read More

२८ असार २०८३