खेलकुद

इन्डोर सेलिब्रेटी क्रिकेट लिगको खेलाडी अक्सन सम्पन्न, चार टोली पूर्ण

By अर्जुन भट्टराई

इन्डोर सेलिब्रेटी क्रिकेट लिगको खेलाडी अक्सन सम्पन्न, चार टोली पूर्ण

काठमाडौं । सेलिब्रेटी क्रिकेट उत्सवको आयोजनामा हुन लागेको ‘इन्डोर सेलिब्रेटी क्रिकेट लिग’को खेलाडी अक्सन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। प्रतियोगितामा भाग लिने चार टोली — टिम वारियर्स, टिम च्याम्पियन्स, टिम रेन्जर्स र टिम टाइटन्सले अक्सनमार्फत आफ्ना खेलाडी छनोट गरी टोलीलाई पूर्णता दिएका छन्।

अक्सन कार्यक्रममा इन्टरनेशनल इभेन्ट म्यानेजर विक्रान्त कार्की, चर्चित आख्यानकार विप्लव प्रतीक, टिम रेन्जर्सका कप्तान तथा लोकदोहोरी कलाकार बद्री पंगेनी र टिम च्याम्पियन्सका कप्तान तथा हास्य कलाकार सन्दीप क्षेत्री लगायत उपस्थित थिए।

कार्यक्रममा सेलिब्रेटी क्रिकेट उत्सवका फाउन्डर तथा मिडियाकर्मी विवेक खतिवडाले सबैलाई स्वागत गर्दै यस्ता खेलकुद लिगहरूले कलाकार र खेलाडीहरूको खेल भावना विकास गर्न र सबैलाई एकताको सूत्रमा बाँध्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। यस लिगको संयोजन सेलिब्रेटी क्रिकेट लिगका को-फाउन्डर सञ्जीव उपाध्यायले गरेका छन्।

अक्सनपछि फाइनल भएका चारवटै टोलीको विवरण यस प्रकार छ:

**टिम च्याम्पियन्स:** कप्तान सन्दीप क्षेत्रीको नेतृत्वमा सन्तोष उपाध्याय, गायक रवि ओड, पुरुषोत्तम मल्लिक, सौरभ शर्मा (विकेटकिपर), अभि निरौला (फास्ट बलर), क्रिश बम, सोनाम पाख्रिन, रमेश चन्द सोडारी र टंक तिमिल्सिना रहेका छन्।

**टिम रेन्जर्स:** कप्तान बद्री पंगेनीको नेतृत्वमा पेमा लामा, भ्योमा, कविर खड्का, मौसम हिमाली, सुरेश न्यौपाने, सञ्जीव, सुबिज्ञराज पाण्डे, विजु पार्की र मोहन खड्का रहेका छन्।

**टिम वारियर्स:** कप्तान विप्लव प्रतीकको नेतृत्वमा मार्की खेलाडी दिलिप ओखेडासहित भरत कार्की (विकेटकिपर), सन्तोष बानियाँ, आकाश खड्का, जेरी भण्डारी, लोकी रेग्मी, लक्की आचार्य र पासाङ योञ्जन लामा रहेका छन्।

**टिम टाइटन्स:** कप्तान विक्रान्त कार्कीको नेतृत्वमा मार्की खेलाडी नायक सुधिर श्रेष्ठसहित सौगात विष्ट, सरोज भण्डारी, अनित विष्ट, दिपु कर्ण, सञ्जिव पाठक र राजेश बिसी रहेका छन्।

यो प्रतियोगिता साउन १ गते शुक्रबार क्रिकेट एक्सिलेन्स सेन्टरको इन्डोर ग्राउण्डमा आयोजना हुनेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.