अर्थ

रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरमा गर्ने ८ करोड रुपैयाँ लगानी

By अर्जुन भट्टराई

रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरमा गर्ने ८ करोड रुपैयाँ लगानी

काठमाडौं । रू रू जलविद्युत परियोजना लिमिटेडले म्याग्दी हाइड्रोपावर लिमिटेडमा ८ करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको छ।

कम्पनीको सञ्चालक समितिले असार २५ गते बसेको बैठकमा यो निर्णय गरेको हो। अन्य जलविद्युत कम्पनीहरूमा रणनीतिक लगानी गर्ने योजनाअन्तर्गत पहिलो चरणमा म्याग्दी हाइड्रोपावरलाई छनोट गरिएको हो।

निर्णयअनुसार रू रू जलविद्युतले म्याग्दी हाइड्रोपावरका प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ८ लाख कित्ता साधारण शेयर खरिद गर्नेछ, जसका लागि कुल ८ करोड रुपैयाँ खर्च हुनेछ।

जलविद्युत क्षेत्रमा आफ्नो लगानी विस्तार गर्ने रणनीतिअनुसार यो कदम चालिएको कम्पनीले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.