अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

करार तथा अस्थायी कर्मचारी नहटाउन सांसद राजेन्द्र कुमार राईको सरकारसँग आग्रह राजनिती

करार तथा अस्थायी कर्मचारी नहटाउन सांसद राजेन्द्र कुमार राईको सरकारसँग आग्रह

काठमाडौं । नेकपा (एमाले)का सांसद राजेन्द्र कुमार राईले करार तथा अस्थायी कर्मचारीलाई सेवाबाट नहटाउन सरकारसँग आग्रह गरेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले अर्थ मन्त्रालय अगाडि भेला भएका ती कर्मचारीसँग आफूले गरेको संवाद सुनाए। उनले ती कर्मचारीको रोजगारी सुरक्षित गर्न सरकारको ध्यान खिच्न खोजे। सांसद राईले भने, ‘हिजो अर्थ… Read More

३१ असार २०८३

प्रधानमन्त्रीको अभिव्यक्ति विवाद: सभामुखले चाँडो निर्णय लिनुपर्छ — राप्रपा सांसद भाट राजनिती

प्रधानमन्त्रीको अभिव्यक्ति विवाद: सभामुखले चाँडो निर्णय लिनुपर्छ — राप्रपा सांसद भाट

काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अली भाटले प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्तिको विषयमा सभामुखले जतिसक्दो चाँडो निर्णय लिनुपर्ने माग राखेका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भाटले यो विषयमा महिनौँदेखि आपत्ति जनाउँदै आएको स्मरण गराउँदै अब सभामुखले आफ्नो विवेक, संसदीय नियम र मर्यादाका आधारमा ढिला नगरी निर्णय लिनुपर्ने… Read More

३१ असार २०८३

इटहरीको लाइसेन्स कार्यालयको सेवा ठप्प, सांसद लिम्बुले संसदमा उठाए समस्या राजनिती

इटहरीको लाइसेन्स कार्यालयको सेवा ठप्प, सांसद लिम्बुले संसदमा उठाए समस्या

काठमाडौं । यातायात व्यवस्था विभागको केन्द्रीय सर्भरमा प्राविधिक समस्या आएपछि इटहरीस्थित सवारी चालक अनुमतिपत्र कार्यालयको सेवा अवरुद्ध भएको छ। यस विषयमा श्रम संस्कृति पार्टीका सांसद पूर्णप्रसाद लिम्बुले बुधबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समय लिएर सरकारको ध्यान आकर्षण गराए। सांसद लिम्बुले भने, ‘काठमाडौँमा रहेको केन्द्रीय सर्भरमा समस्या आएका कारण केही दिनदेखि यातायात… Read More

३१ असार २०८३

युवाको आशा निराशामा बदलिँदैछ : सांसद गीता गुरुङको प्रधानमन्त्रीलाई कडा प्रश्न राजनिती

युवाको आशा निराशामा बदलिँदैछ : सांसद गीता गुरुङको प्रधानमन्त्रीलाई कडा प्रश्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद गीता गुरुङले बुधबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्रीलाई संसदप्रति उत्तरदायी बन्न र सदनमा उपस्थित भएर सांसदहरूका प्रश्नको जवाफ दिन माग गरिन्। सांसद गुरुङले प्रतिनिधिसभा नियमावलीमा प्रधानमन्त्री संसदप्रति उत्तरदायी हुनुपर्ने व्यवस्था रहेको उल्लेख गर्दै सभामुखमार्फत प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउन रुलिङ गर्न आग्रह गरिन्। उनले भनिन्, ‘संसदमा निरन्तर सम्माननीय… Read More

३१ असार २०८३

उचित मूल्य नपाएपछि किसानले सडकमै गोलभेँडा फालेर विरोध गरे समाचार

उचित मूल्य नपाएपछि किसानले सडकमै गोलभेँडा फालेर विरोध गरे

काठमाडौं । गोलभेँडाको उचित मूल्य नपाएको भन्दै बुधबार माइतीघर मण्डलामा किसानहरूले सडकमै गोलभेँडा फालेर आफ्नो आक्रोश व्यक्त गरे। विरोध प्रदर्शनमा सहभागी किसानहरूले ‘बिचौलियाको खेल अन्त्य गर’, ‘किसानलाई सही बजार व्यवस्थापन गर’, ‘गोलभेँडा तथा अन्य तरकारीहरूको न्यूनतम समर्थन मूल्य तोक’ र ‘कृषि बिमा लागू गर’ जस्ता नाराहरू लेखिएका पम्पलेट बोकेर प्रदर्शन… Read More

३१ असार २०८३

उपसभामुख रुवी कुमारी ठाकुर पाँच सदस्यीय टोलीसहित चीन प्रस्थान राजनिती

उपसभामुख रुवी कुमारी ठाकुर पाँच सदस्यीय टोलीसहित चीन प्रस्थान

काठमाडौं । प्रतिनिधिसभाकी उपसभामुख रुवी कुमारी ठाकुर आज बिहान पाँच सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै चीन प्रस्थान गरेकी छन् । जनवादी गणतन्त्र चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित निङ्चीमा आयोजना हुने पाँचौं चीन–तिब्बत ट्रान्स–हिमालय अन्तर्राष्ट्रिय सहयोग मञ्चमा सहभागी हुन उपसभामुख ठाकुर आज बिहान १०ः४५ बजे सिचुआन एयरलाइन्सको उडानमार्फत चीन गएकी हुन् ।… Read More

३१ असार २०८३

हामी आफ्नै क्षमताले सेमिफाइनल पुगेका हौं : अर्जेन्टिनी कोच स्कालोनी खेलकुद

हामी आफ्नै क्षमताले सेमिफाइनल पुगेका हौं : अर्जेन्टिनी कोच स्कालोनी

काठमाडौं । अर्जेन्टिनाका प्रमुख प्रशिक्षक लियोनेल स्कालोनीले फिफा विश्वकप २०२६ मा आफ्नो टोलीको प्रदर्शनमाथि भइरहेको आलोचनालाई पूरै नकार्दै भनेका छन् — टोलीले सेमिफाइनलसम्मको यात्रा आफ्नै क्षमता र मेहनतले पूरा गरेको हो । इंग्ल्यान्डविरुद्धको सेमिफाइनलअघि आयोजित पत्रकार सम्मेलनमा स्कालोनीले टोली पूर्ण तयार रहेको बताउँदै लगातार दोस्रो विश्वकप उपाधि जित्ने लक्ष्यमा रहेको… Read More

३१ असार २०८३

गणेश नेपाली प्रकरणपछि सडक छाडेका नगर प्रहरी फेरि मैदानमा समाचार

गणेश नेपाली प्रकरणपछि सडक छाडेका नगर प्रहरी फेरि मैदानमा

काठमाडौं महानगरपालिकाका नगर प्रहरीहरू पुनः सडकमा फर्किएका छन्। गणेश नेपालीको मृत्यु प्रकरणपछि सुरक्षा जोखिमको कारण देखाउँदै उनीहरू सडकबाट हटेका थिए। तर नगर प्रहरीको अनुपस्थितिमा न्यूरोडलगायत महानगरका विभिन्न क्षेत्रमा अव्यवस्थित पार्किङ र फुटपाथ अतिक्रमण उल्लेख्य रूपमा बढ्न थालेपछि उनीहरूलाई पुनः पूर्ण रूपमा परिचालन गरिएको हो। (तस्विरहरू : सक्षम घिमिरे, नेपाल न्यूज… Read More

३१ असार २०८३

नवप्रवर्तन विकासका लागि मन्त्री पुनको विदेशस्थित नेपाली विज्ञहरूलाई आह्वान राजनिती

नवप्रवर्तन विकासका लागि मन्त्री पुनको विदेशस्थित नेपाली विज्ञहरूलाई आह्वान

काठमाडौं। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर छरिएका नेपाली वैज्ञानिक, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन अभियानमा सक्रिय भूमिका निभाउन आग्रह गरेका छन्। उनले भने कि देशको आर्थिक रूपान्तरणका लागि विदेशमा बसोबास गर्ने नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नु अहिलेको अपरिहार्य आवश्यकता हो। विदेशमा कार्यरत नेपाली विज्ञ,… Read More

३१ असार २०८३

समाचार

कोशी अस्पतालले अतिक्रमण हटायो, खाली जग्गामा तत्काल पर्खाल लगाइने

विराटनगर । देशकै दोस्रो ठूलो सहर विराटनगरस्थित कोशी अस्पतालले आफ्नो परिसरमा भएको अतिक्रमण हटाएर सरकारी जग्गा फिर्ता ल्याउने अभियानलाई तीव्र गतिमा अघि बढाएको छ। यही अभियानअन्तर्गत गत सोमबार अस्पताल परिसरभित्र निर्माण गरिएका अवैध संरचनामा डोजर चलाइयो। अब खाली भएको जग्गामा तत्काल पर्खाल निर्माण गरेर सुरक्षित गर्ने तयारी अस्पतालले गरेको छ।… Read More

३१ असार २०८३