अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश

सरकारको आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम सङ्घीय संसद्मा पेश भएको छ । सङ्घीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमको सम्बोधनको प्रति राष्ट्रपति विद्यादेवी भण्डारीलाई हस्तान्तरण गरेका थिए ।… Read More

११ जेठ २०७९

अन्तराष्ट्रिय

टेक्सासको एक विद्यालयमा गोली हानाहान: किशोरले १९ जना बालबालिकामाथि गोली चलाए

अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा मंगलबार एक किशोर बन्दुकधारीले १९ विद्यार्थीको हत्या गरेका छन् । मेक्सिको सीमाबाट करिब एक घण्टा टाढा रहेको सानो समुदाय उभाल्डेमा आक्रमण भएको हो। टेक्सासका गभर्नरले संदिग्ध व्यक्तिको नाम साल्भाडोर रामोस, एक १८ वर्षीय स्थानीय बासिन्दा र अमेरिकी नागरिक रहेको बताए। बन्दुकधारीलाई जवाफी अधिकारीहरूले मारेका थिए,… Read More

११ जेठ २०७९

समाचार

अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्छ – महामन्त्री गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी आमनिर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन् । बुधबार स्थानीय तहमा कांग्रेसका तर्फबाट बिजयी जनप्रतिनिधिहरुलाई सम्मान गर्न कांग्रेस भक्तपुरले आयोजना गरेको कार्यक्रममा महामन्त्री थापाले कांग्रेसले स्थानीय निर्वाचनमा राम्रो सफलता प्राप्त गरेको भन्दै अव आम निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका हुन् । उनले… Read More

११ जेठ २०७९

समाचार

बालबालिकाको खाजा: किन गरिँदैछ बेवास्ता?

अभिभावकहरूले माया गरेर दिने वा बालबालिका आफैंले किनेर खाजाको रूपमा खाने चाउचाउ कुरमुरे, सेता पाउरोटी आदि मन्द विष हुन् । यस्ता खानाले ठूला–साना सबै व्यक्तिलाई हानि गर्छ । ससाना बालबालिकाको लागि त झन् खराब हानिकारक छ । किनभने यस्ता चाउचाउ, कुरमुरे आदिमा शरीरलाई चाहिने पौष्टिक तत्त्व प्रोटिन, लौहतत्व, क्याल्सियम… Read More

११ जेठ २०७९

समाचार

पेट्रोलिय पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनद्वारा आयल निगम घेराउ

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ताको माग गर्दै संयुक्त विद्यार्थी सङ्गठनले आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले पेट्रोल, ग्यासलगायत इन्धनमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै बुधबार दुई घण्टा आयल निगम घेराउ गरेका हुन् । उनीहरुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नाराबाजी गरेका थिए… Read More

११ जेठ २०७९

समाचार

आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशित

सरकारले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना प्रकाशित गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता ज्ञानेन्द्र बहादुर कार्कीले सार्वजनिक हितका लागि २५ वटा आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना नेपाल राजपत्रमा… Read More

११ जेठ २०७९

समाचार

हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन सरकारलाई शिक्षा तथा स्वास्थ्य समितको निर्देशन

प्रतिनिधिसभाको शिक्षा तथा स्वास्थ्य समितिले हालसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले अहिलेसम्म छापिएका पाठ्यपुस्तक तत्काल बिद्यालयहरुमा पुराउन शिक्षा मन्त्रालयलाई निर्देशन दिएको हो । त्यस्तै बैठकले छाप्न बाँकी कामलाई तुरुन्त अघि बढाइ एक महिनाभित्र छापेर सवै बिद्यालयमा पुराउन… Read More

११ जेठ २०७९

अन्तराष्ट्रिय

मन्कीपक्स व्यापक रूपमा फैलिने जोखिम ‘धेरै कम’

मन्कीपक्स ४० वर्षदेखि चिनिएको भए पनि, विश्व स्वास्थ्य संगठनले भने कि यो पहिलो पटक धेरै देशहरूमा एकैसाथ धेरै केसहरू भएको र अफ्रिकाको स्थानीय क्षेत्रहरूमा यात्रा नगरेका मानिसहरूमा भएको थियो। सामान्य जनसङ्ख्यामा व्यापक रूपमा फैलिएको मोन्कीपक्सको जोखिम धेरै कम छ र मध्य र पश्चिम अफ्रिकाका स्थानीय देशहरू बाहिर प्रसारण रोक्न सकिन्छ,… Read More

१० जेठ २०७९

समाचार

राष्ट्रियसभाका सदस्यहरुले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने धारणा

राष्ट्रियसभाका सदस्यहरुले बलात्कार सम्बन्धी कानुनमा रहेको हदम्याद संशोधन गर्नुपर्ने धारणा राखेका छन् । राष्ट्रियसभाको सोमबारको बैठकको बिशेष समयमा उनीहरुले बलात्कारीलाई कानुनी कठघरामा ल्याउन कानुन परिमार्जन गर्नुपर्ने बताएका हुन् । बैठकको विशेष समयमा बोल्दै सांसद डा बिमला राई पौड्यालले बलात्कारसम्बन्धी कानुनलाई जतिसक्दो चाँडो संशोधन गर्नुपर्ने र नभए बलात्कारसम्बन्धी… Read More

१० जेठ २०७९

समाचार

पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्ध अनेरास्ववियुको मसाल जुलुस

नेकपा एमालेनिकट बिद्यार्थी संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । संगठनले सोमबार काठमाडौैंको घण्टाघरस्थीत त्रिचन्द्र क्याम्पसअगाडी मसाल जुलुस प्रदर्शन गरेका छन् । प्रदर्शनकारीले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै सरकार बिरुद्ध नारा लगाएका थिए । उनीहरुले सरकारले मूल्यवृद्धि फिर्ता नलिए कडा आन्दोलन… Read More

१० जेठ २०७९