काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवार बालेन्द्र साह निर्वाचित

काठमाडौँ महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह र उपप्रमुखमा नेकपा (एमाले)का सुनिता डङ्गोल विजय भएका छन् ।

नवनिर्वाचित साहले प्रतिस्पर्थी नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंहलाई २३ हजार ४२६ मतले पछि पार्दै ३२ वर्षीय साह संघीय राजधानी काठमाडौँको महानगर प्रमुख निर्वाचित भएका हुन् । साहले ६१ हजार ७६७ मत प्राप्त गर्दा सिंहले ३८ हजार ३४१ मत प्राप्त गरेका हुन् । एमालेका उम्मेदवार केशव स्थापितले ३८ हजार ११७ मत प्राप्त गर्नुभयो । काठमाडौँ महानगरपालिकाको प्रमुखमा बिजयी भएपछि बालेन्द्र साहले मतदातालाई धन्यवाद दिन समर्थकसहित र्याली निकालिएको थियो । त्यसअघि साहले पाँच वर्ष आफ्नो क्षमता, कुशलता काठमाडौंलाई उत्कृष्ट सहर बनाउन लगाउने बताए । नगरबासीले गरेको बिश्वासलाई सम्मान गर्दै आप्नो जिम्मेवारी पुरा गर्ने उनको भनाई छ ।

काठमाडौंको प्रमुख पदका लागि विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । करिब एक लाख ९० हजार ९६२ ले मात्र मतदान गरेको काठमाडौंमा सात हजार ६८२ मत पूर्ण बदर भएको थियो ।

समाचार पढेर कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply

Your email address will not be published.

Share This

Share This

Share this post with your friends!