समाचार

अध्यक्ष केपी शर्मा ओलीले आफुले भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिएका छन्

By अर्जुन भट्टराई

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफुले भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिएका छन् ।.

बिहीबार प्रतिनिधिसभा बैठकमा ओलीले केहि नेताहरुले आफुप्रति भ्रष्टचार गरेको टिकाटिप्पणी गरेको भन्दै भ्रष्टचार गरेको प्रमाणित गर्न चूनौति दिएका हुन् । ओलीले आफ्नो र श्रीमतीको नामको सबै चलअचल सम्पत्ति राज्यको नाममा गरेकाले राज्यका नाममा सम्पत्ति ल्याइदिन किन भ्रष्टाचार गर्ने भन्दै प्रश्न गरेका छन् । उनले आफुलाई भ्रष्टचारको आरोप लगाउनेहरुलाई आफ्नो सम्पत्ति राज्यका नाममा दान गर्न चूनौति दिए ।

उनले रिजर्भ बैंकमा पैसा रहेको अफवाह फैलाउने काम भएको भन्दै त्यसको छानबिन गर्न पनि चूनौति दिनुभयो ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.