अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

अर्थ

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा… Read More

October 30, 2024

साफ च्याम्पियनसिपः उपाधि जित्ने उच्च लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली खेलकुद

साफ च्याम्पियनसिपः उपाधि जित्ने उच्च लक्ष्यका साथ मैदानमा उत्रँदै नेपाली टोली

काठमाडौँ ।  नेपाल बलियो प्रतिद्वन्द्वी बङ्गलादेशलाई पराजित गर्दै पहिलो पटक साफ (दक्षिण एसियाली फुटबल महासङ्घ) च्याम्पियनसिपको उपाधि जित्ने लक्ष्यका साथ बुधबार साँझ मैदानमा उत्रँदैछ । सन् २०१० मा बङ्गलादेशबाट सुरुआत भएको साफ च्याम्पियनसिपमा नेपाल पाँच पटक फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । जारी सातौँ संस्करणको साफ च्याम्पियनसिपमा भारत… Read More

October 30, 2024

समाचार

कात्तिक कृष्ण त्रयोदशीः तिहारकाे पहिलाे दिन आज काग तिहार

काठमाडौँ । कात्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ । बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने भएकाले शास्त्रसम्मत् रुपमा आज बुधबारलाई यो पर्व मनाउनुपर्ने निर्णय गरिएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी… Read More

October 30, 2024

समाचार

२९ तोला सुनसहित दुई जना पक्राउ

लुम्बिनी । रुपन्देही प्रहरीले  राजस्व छली गरी ल्याएको साढे २९ तोला बढी सुनसहित दुईजना नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सोमबार राति अन्दाजी १० बजेको समयमा पश्चिमबाट पूर्व जाँदै गरेको लु२ख ६५४२ नम्बरको बसमा खानतलासी गर्दा साढे ४९ लाख मूल्य बराबरको उक्त सुन बरामद भएको हो ।… Read More

October 30, 2024

राजनिती

खानेपानी मन्त्री प्रदीप यादव र एडिबीका देशीय निर्देशकबीच शिष्टाचार भेट

काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवसँग एसियाली विकास बैंक (एडिबी) का देशीय निर्देशक अर्नाउड कौकोइसले मंगलबार मन्त्रालयमा शिष्टाचार भेट गरेका छन् । सो अवसरमा उनिहरूबीच एकीकृत खानेपानी तथा ढल व्यवस्थापन आयोजना निर्माणलगायत विविध विषयमा छलफल भएको छ । भेटमा वीरगञ्ज, विराटनगर, धरान, जनकपुरमा स्वच्छ खानेपानी तथा ढल व्यवस्थापनको उचित प्रबन्ध… Read More

October 30, 2024

समाचार

रसुवागढी–केरुङ राजमार्गबाट आयात सुरु

रसुवा । रसुवागढी–केरुङ राजमार्ग सञ्चालनमा आएसँगै रसुवागढी नाकाबाट आयात सुरु भएको छ । हालैको भीषण वर्षा र बाढीका कारण अवरुद्ध राजमार्ग मर्मतसम्भारपछि खुलेसँगै आयात पनि प्रारम्भ भएको हो ।  मङ्गलबार चार कन्टेनर स्याउ, दुई कन्टेनर नस्पाति र तीन कन्टेर ओखर यो मार्गबाट आयात भएको रसुवा भन्सार कार्यालयले जनाएको छ ।… Read More

October 30, 2024

समाचार

मन्त्रिपरिषद् बैठकः भूमि समस्या समाधान आयोगको गठन गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले भूमि समस्या समाधान आयोगको गठन गर्ने निर्णय गरेको छ । मंगलबार साँझ सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले श्रीहरिप्रसाद रिजालको अध्यक्षतामा आठ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए । त्यस्तै बैठकले नेपाल प्रहरीको जनपथ समूह तर्फ प्रहरी नायव महानिरिक्षण किरण… Read More

October 30, 2024

समाचार

तलबभत्ता नपाएको भन्दै शिक्षकको आन्दोलनले सप्तरीका सात हजार विद्यार्थी प्रभावित

सप्तरी । हनुमाननगर कङ्कालिनी नगरपालिकाका शिक्षकहरुले तलबभत्ता नपाएको भन्दै यहाँका विद्यालय बन्द गरी आन्दोलित भएपछि शिक्षण कार्य प्रभावित भएको छ।   नगरपालिका कार्यालय मुल गेटमा शिक्षकहरुले चाडपर्व आउँदासमेत काम गरेको तलब पाउन नसक्दा समस्या भएको भन्दै पालिकाका पाँच मावि र ३० वटा सामुदायिक विद्यालयका शिक्षकहरु आन्दोलित छन् । तीन महिनादेखि… Read More

October 29, 2024

राजनिती

नवीकरणीय ऊर्जा प्रवर्द्धनमा मन्त्री खड्काको जोड

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले नवीकरणीय ऊर्जा क्षेत्रको प्रवद्र्धनका निम्ति सरकारबाट सक्दो सहयोग हुने उल्लेख गर्दै त्यसनिम्ति सक्रिय भएर लाग्न वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रलगायत सम्बन्धित निकायहरुसँग अनुरोध गरेका छन् । केन्द्रको २८औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले नवीकरणीय ऊर्जाको विकासका लागि त्यससम्बन्धी विधेयक यथाशीघ्र पारित… Read More

October 29, 2024

समाचार

दुई आयोगका पदाधिकारी सिफारिससम्बन्धी छनोट प्रक्रियामा सुझाव माग

काठमाडाैँ । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन गर्न बनेको छानबिन आयोग र सत्यनिरुपण तथा मेलमिलाप आयोगको अध्यक्ष र सदस्यको नाम सिफारिससम्बन्धी छनोट प्रक्रियाको मस्यौदाउपर रायसुझाव र प्रतिक्रिया दिन माग गरेको छ । छानबिन आयोग र मेलमिलाप आयोगका अध्यक्ष र सदस्यको नियुक्तिका लागि सिफारिस गर्न गठित समितिले कात्तिक ११ गते निर्णय… Read More

October 29, 2024