अन्तराष्ट्रिय

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सुरु

By अर्जुन भट्टराई •

एनआरएनए एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन सुरु

गैरआवासीय नेपाली संघ (एनआरएनए)को **११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन** तथा **‘आरोहण २०२६’** चीनको **ग्वाझाओ**मा सुरu भएको छ । **‘हामीसँगै उठ्छौँ, अगाडि बढ्छौँ’** भन्ने मूल ध्येयका साथ सम्मेलन आयोजना गरिएको हो ।

ग्वाझाओस्थित **क्राउन प्लाजा ग्वाझाओ सिटी सेन्टर होटल**मा सुरु भएको सम्मेलनमा प्रतिनिधिसभाका विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता **भीमप्रसाद आङ्देम्बे**को प्रमुख आतिथ्यता रहेको छ।

विभिन्न राजनीतिक दलका सचेतक तथा सांसद, **परराष्ट्र मन्त्रालय**का प्रतिनिधि, **चीन**स्थित नेपाली कूटनीतिक नियोगका प्रमुख, **एनआरएनएका** संस्थापक तथा अग्रज नेतृत्वलगायतको उपस्थिति रहेको छ।

सम्मेलनमा **नेपाल** र **एसिया प्यासिफिक क्षेत्रमा** रहेका गैरआवासीय नेपालीबीचको सम्बन्ध थप सुदृढ गर्ने, नेपालको **आर्थिक विकास**मा **डायस्पोरा**को पूँजी, ज्ञान, सीप र अनुभव परिचालन गर्ने तथा **एनआरएनएको** संस्थागत भूमिकालाई थप प्रभावकारी बनाउने विषयमा केन्द्रित छलफल हुनेछन्।

सम्मेलनअन्तर्गत **व्यापार, लगानी तथा लजिस्टिक** क्षेत्रका अवसर, **एसिया प्यासिफिक क्षेत्रका** राष्ट्रिय समन्वय परिषद्को सुदृढीकरण, **सुरक्षित वैदेशिक रोजगार** तथा पुनःएकीकरण, **नेपाली नागरिकता**को निरन्तरता र गैरआवासीय नेपाली नागरिकतासम्बन्धी अधिकार, **पर्यटन प्रवद्र्धन**, **महिला तथा युवा नेतृत्व** र **एनआरएनएको ब्रान्डिङ**लगायत विषयमा विभिन्न सत्र सञ्चालन हुनेछन्।

विशेषगरी **गैरआवासीय नेपाली नागरिकता** तथा **आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार**को प्रभावकारी कार्यान्वयन, **वैदेशिक रोजगारीमा** रहेका नेपालीको अधिकार संरक्षण, **सीमापार मानव बेचबिखन नियन्त्रण** तथा नेपालको **लागानी र पर्यटन प्रवद्र्धन**मा **डायस्पोरा**को भूमिका सम्मेलनका महत्वपूर्ण विषयका रूपमा रहेका छन्।

महिला तथा युवा सत्रमा **महिला उद्यमशीलता**, **नेतृत्व विकास** तथा **दोस्रो पुस्ताका नेपालीको पहिचान**, **सहभागिता र विश्वव्यापी सञ्जाल विस्तार**का विषयमा छलफल हुनेछ । त्यसैगरी, **एनआरएनएको संस्थागत पहिचान र ब्रान्डिङ**लाई थप सुदृढ गर्दै संघलाई नयाँ पुस्तासँग जोड्ने विषयमा पनि विशेष छलफल गरिनेछ ।

सम्मेलनका विभिन्न **प्लेनरी तथा विषयगत सत्रहरू** सम्पन्न भएपछि **१६ अगस्टमा** **‘ग्वाझाओ घोषणापत्र २०२६’** जारी गरिनेछ । घोषणापत्रमार्फत सम्मेलनमा उठेका प्रमुख विषय, नीति तथा प्राथमिकताहरूलाई समेट्दै **नेपाल सरकार** तथा सम्बन्धित सरोकारवालासमक्ष आवश्यक सुझाव तथा मागहरू प्रस्तुत गरिनेछ ।

सम्मेलनको अन्तिम दिन **१७ अगस्टमा** सहभागी प्रतिनिधिहरूका लागि **चीनको गुआङ्डोङ**स्थित प्रसिद्ध **गुलोङक्सिया प्राकृतिक क्षेत्रमा** आधिकारिक अवलोकन भ्रमणको कार्यक्रमसमेत तय गरिएको छ ।

**११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन** तथा **‘आरोहण २०२६’** ले **एसिया प्यासिफिक क्षेत्रमा** रहेका नेपाली समुदायबीचको एकता र सहकार्यलाई थप मजबुत बनाउँदै नेपालको **आर्थिक समृद्धि**, **लागानी**, **पर्यटन**, **ज्ञान तथा सीप हस्तान्तरण** र **सुरक्षित वैदेशिक रोजगारी**का क्षेत्रमा नयाँ अवसर सिर्जना गर्ने अपेक्षा गरिएको छ。

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.