काठमाडौं । सात विश्व कीर्तिमान बनाएका डा.आशिष विष्ट भन्छन् : देशमै केही गर्न चाहन्छु । डा.आशिष विष्टले आफूले विश्वस्तरमा सातवटा शैक्षिक कीर्तिमान तथा चारवटा ग्लोबल उपाधि हासिल गरेको प्रमाणहरु सार्वजनिक गरेका छन् । शनिबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी आफूले अन्तराष्ट्रिय स्तरबाट हासिल गरेको उपाधि, ज्ञान, अनुभव र सीपलाई देश सेवामा प्रयोग गर्न स्वदेश आएको बताएका छन् । डा.विष्टले आफू नेपालमा जन्मिएर नेपाल, भारत, बेलायत र अष्ट्रेलियासहित ४ देशमा उच्च शिक्षा हासिल गरेको र ७ शैक्षिक विश्व रेकर्ड सहित विश्व नम्बर १ बन्न सफल भएको बताए । उनका अनुसार ‘वल्र्ड बुक अफ रेकर्डस लण्डन’ले आफूलाई सात वटा विश्व कीर्तिमान प्रदान गरेको जनाए । डा.विष्टका अनुसार उनले एफसीसीए, एमए, स्वर्ण पदकसहित पीएचडी, बेलायतबाट एमएससी एकाउण्टिङ एण्ड फाइनान्स तथा अस्टे«लियाबाट मास्टर अफ अकाउण्टिङ गरी पाँचवटा एड्भान्स डिग्री हासिल गरेको जनाए । उनले चारवटा ग्लोबल टाइटल समेत प्राप्त गरेको बताएका छन् । तीमध्ये स्नातकोत्तर तहमा सबैभन्दा धेरै शैक्षिक विश्व कीर्तिमान, सबैभन्दा धेरै सम्मानित चार्टर्ड एकाउन्टेन्ट(सिए) हासिल गरेको जनाए । त्यसैगरी सबैभन्दा उच्च शैक्षिक योग्यता भएको ज्योतिषी र सबैभन्दा धेरै शैक्षिक पुरस्कार प्राप्त व्यक्ति सम्बन्धी उपाधि रहेको उनको भनाई छ । डा.विष्टले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ पहिचान दिलाउन र नेपाली युवालाई शिक्षा तथा अनुशासनका माध्यमबाट अघि बढ्न प्रेरित गर्न आफू प्रतिबद्ध रहेको बताए । ‘मेरो यात्रा, मेरा चार विश्व उपाधि, सात विश्व कीर्तिमान, पाँच एड्भान्सड डिग्री र नेपाल फर्किने निर्णयको उद्देश्य एउटै हो—नेपालको विकास र नेपाली युवाको प्रेरणा,’ उनले बताए । आफूले अब नेपालमा मुख्य गरेर अडिट तथा वित्तीय परामर्श, ज्योतिष सेवा, एआई अनुसन्धान तथा प्रविधि, मिडिया साझेदारी तथा ब्राण्ड एम्बेसेडर र पर्सन स्कीमा सर्भिस गरेर पाँच क्षेत्रमा काम गर्ने मुख्य इच्छা रहेको बताए ।
डा.आशिष विष्टका सात विश्व कीर्तिमान
By अर्जुन भट्टराई •
Related Posts
शिक्षा
द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थीले पाए प्रतिष्ठित ‘ड्युक अफ एडिनबग्र्स’ अन्तर्राष्ट्रिय पुरस्कार
७ श्रावण २०८३
शिक्षा
सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति र रजिष्ट्रारलाई शपथ
३१ असार २०८३
शिक्षा
अक्सफोर्ड विश्वविद्यालयको प्रतियोगितामा नेपालको किङ्स कलेजले जित्यो अन्तर्राष्ट्रिय पुरस्कार
२९ असार २०८३
