अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

समाचार

नेपालगन्जको मतदातामा उत्साह

स्थानीय तह निर्वाचनमा मत खसाल्नका लागि मतदातामा उत्साह देखिएको छ । नेपालगन्जमा मतदान सुरु हुनुअघि नै मतदाता मतदान स्थलहरुमा लामबद्ध देखिएका छन् । नेपालगन्ज १२ को नगरपालिका भवन मतदान केन्द्र लगाएत नेपालगन्ज उपमहानगरपालिका ४ को कन्या मावि र नेपालगन्ज ११ को नारायण मावी मतदान स्थलमा बिहानै देखि… Read More

३० बैशाख २०७९

समाचार

निर्वाचनको परिणाम एमालेको पक्षमा आउछ -अध्यक्ष केपी शर्मा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनको परिणाम एमालेको पक्षमा आउने विश्वास व्यक्त गरेका छन् । शुक्रबार भक्तपुरको बालकोटमा मतदान गरेपछि सञ्चारकर्मीसंग कुरा गर्दै ओलीले स्थानीय निर्वाचनमा गठबन्धन भन्दा एमालेले धेरै स्थानमा जित्ने दावी गरे । ओलीले अब एमाले एक्लै एउटा र अरु मिलिजुली अर्को… Read More

३० बैशाख २०७९

समाचार

उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारद्वारा मतदान

ललितपुर महानगरपालिकाका प्रमुख पदका उम्मेदवारद्वय चिरीबाबु महर्जन र हरिकृष्ण ब्यञ्जनकारले मतदान दिएका छन् । सत्ता गठबन्धका उम्मेदवार महर्जनले वडा नम्बर ३ स्थित मोडल आइडल विद्यालयबाट र नेकपा (एमाले) का उम्मेदवार ब्यञ्जनकारले वडा नम्बर ९ स्थित श्रमिक शान्ति विद्यालयबाट मतदान गरेका हुन् । जिल्लाका छवटै स्थानीय तहमा शान्तिपूर्णरुपमा… Read More

३० बैशाख २०७९

समाचार

लोकतन्त्रकै मेरुदण्ड मतदान भएकाले यसलाई अवसरको रुपमा लिनुपर्छ -मन्त्री लाल बाबु राउत

स्थानीय तहको निर्वाचनमा मधेस प्रदेशका मुख्य मन्त्री लाल बाबु राउतले वीरगञ्जमहानगरपालिका– १३ मा रहेको खाद्य संस्थान लिमिटेड स्थित मतदानस्थलमा मतदान गरेका छन् । सो क्रममा पत्रकारहरुसंग संक्षीप्त प्रतिकृया दिदै मुख्यमन्त्री राउतले लोकतन्त्रकै मेरुदण्डनै मतदान भएकाले यसलाई अवसरको रुपमा लिन सबै प्रदेशबासीलाई आग्रह गरेका छन् । निर्वाचन लाई… Read More

३० बैशाख २०७९

समाचार

निर्वाचनका कारण सुनसान सडक

देशभर स्थानीय तहको निर्वाचन भईरहेको छ । निर्वाचनका क्रममा देशभर गाडी चलाउन रोक लगाइएको छ । चुनावको बेला आचारसंहिता उल्लङ्घन र अरु अप्रिय घटनाहरु नहुन् भनेर आज बिहान ६ बजेदेखि बेलुका मतदानको समय नसकिउञ्जेल दुई पाङ्ग्रे लगायत सबै गाडीहरु चलाउन रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।… Read More

३० बैशाख २०७९

समाचार

अध्यक्ष नारायणमान बिजुक्छेँद्वारा भक्तपुरमा मतदान

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुरमा मतदान गरेका छन् । उनले भक्तपुर नगरपालिका–५स्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदान गरेका छन् । मतदानपछि उहाले जनताको आधारभूत आवश्यकतामा ध्यान दिनुपर्ने बताएका छन् । खानेपानी, शिक्षा, स्वास्थय लगाएतका बिषयमा आफ्नो पार्टीको ध्यान केन्द्रीय हुने उनले बताएका… Read More

३० बैशाख २०७९

समाचार

उम्मेदवार सिर्जना सिंहद्वारा मतदान

काठमाडौँ महानगरपालिकाको प्रमुखका उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । नेपाली कांग्रेसका उम्मेदवार उहाँले कामपा–१६ पकनाजोलस्थित नेपाल युवक माध्यामिक विद्यालयमा रहेको केन्द्रबाट मतदान गरेकी हुन् । मतदानपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै उहाँले काठमाडौँको फोहरमैला व्यवस्थापन, ट्राफिक जाम हटाउने र सुरक्षित सहर बनाउने आफ्नो प्रतिबद्धता रहेको बताईन । कांग्रेस… Read More

३० बैशाख २०७९

संस्कृती

किन गरिँदैन सूर्यास्तपछि देहासंस्कर ??

शास्त्र अनुसार सूर्यास्तपछि अन्तिम संस्कार हुँदैन । तर यसको पछाडिको कारण के तपाईलाई थाहा छ त?? वास्तवमा वैदिक संस्कारमा जम्मा १६ वटा संस्कार छन् । त्यसमध्ये सोह्रौं अर्थात् अन्तिम संस्कारमा अन्त्येष्टिको बारेमा कुरा गरिएको छ। यसमा केही नियमहरू लेखिएका छन्। तीमध्ये एउटा नियमअनुसार सूर्यास्तपछि शव जलाउन पाइँदैन जलाउनु हुदैन,… Read More

२८ बैशाख २०७९

समाचार

दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास गर्दैनन् – नेता डा. नारायण खड्का

परराष्ट्रमन्त्री एवं कांग्रेसका नेता डा. नारायण खड्काले दुई दुई पटक संसद भंग गर्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् । मंगलबार उदयपुरमा आयोजित सभालाई सम्बोधन गर्दै खड्काले जनमतलाई कुल्चेर दुई दुई पटक संसद भंग गर्ने, कहिले कुन चिन्ह कहिले कुन चिन्ह लिएर जनतामा भोट माग्न आउनेहरुलाई जनताले विश्वास… Read More

२८ बैशाख २०७९

समाचार

संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास गर्दैनन् -अध्यक्ष माधव कुमार नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले संविधान मास्न खोज्नेलाई जनताले कुनै हालतमा विश्वास नगर्ने बताएका छन् । मंगलबार ललितपुरको लुभुमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले दुई पटक संसद बिघटन गरेर संविधान मास्न खोज्नेलाई जनताले विश्वास नगर्ने बताएका छन् । उनले प्रतिगामी तत्व नेकपा एमाले र केपी… Read More

२८ बैशाख २०७९