अन्तराष्ट्रिय

गाजा युद्ध ‘सभ्यताको अपमान’: चिनियाँ विदेशमन्त्री

By अर्जुन भट्टराई

चीनका विदेशमन्त्री वाङ यीले गाजामा भइरहेको इजरायली सैन्य कारबाही (युद्ध) लाई ‘मानव सभ्यताको अपमान’ भन्दै तत्काल युद्धविरामका लागि बेइजिङको आह्वान दोहोर्‍याएका छन् ।

‘आजको २१औँ शताब्दीमा यो मानवीय बिपत्तिलाई रोक्न सकिँदैन भने यो मानवजातिका लागि त्रासदी र सभ्यताका लागि लज्जाजनक कुरा हो,’ वाङले पत्रकारसँगको नियमित भेटमा भने ।

गत वर्षको अक्टोबरमा इजरायल र हमासबीच जारी युद्ध सुरु भएदेखि नै बेइजिङले तत्काल युद्धविरामको माग गर्दै आएको छ । चीनले ऐतिहासिक रूपमा प्यालेस्टिनी मुद्दाप्रति सहानुभूति राख्दै आएको छ र इजरायल–प्यालेस्टाइन द्वन्द्वको दुई–राज्य समाधानको समर्थन गर्दै आएको छ ।

चीनका राष्ट्रपति सी चिनफिङले द्वन्द्व समाधानका लागि ‘अन्तर्राष्ट्रिय शान्ति सम्मेलन’ आह्वान गरेका छन् ।

‘द्वन्द्व जारी राख्नुलाई कुनै पनि कारणले न्यायोचित ठहराउन सकिँदैन र मानिसहरूलाई निर्मम तरिकाले मार्नुलाई कुनै पनि बहानामा सही मान्न सकिँदैन,’ वाङ यीले भने, ‘अन्तर्राष्ट्रिय समुदायले तत्काल युद्धविराम र सत्रुता अन्त्यलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्छ र मानवीय राहतलाई तत्काल नैतिक जिम्मेवारीको रूपमा सुनिश्चित गर्नुपर्दछ ।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.