अर्जेन्टिनी फुटबल सुपरस्टार लियोनल मेस्सीका पिता जर्ज मेस्सीको ६८ वर्षको उमेरमा निधन भएको छ । अर्जेन्टिनी सञ्चारमाध्यम ला नासियोन का अनुसार उनी रोजारियोस्थित एक क्लिनिकमा उपचाररत थिए ।
जर्ज मेस्सीको निधनपछि अर्जेन्टिना फुटबल एशोसियसन (एएफए) ले सामाजिक सञ्जाल एक्समार्फत **शोक व्यक्त गर्दै** मेस्सी र उनको परिवारप्रति **समवेदना प्रकट गरेको छ** । एएफएले कठिन घडीमा आफूहरू मेस्सी परिवारको साथमा रहेको जनाएको छ ।
यस्तै, फुटबल क्लब **बार्सिलोनाले** पनि जर्ज मेस्सीको निधनप्रति **गहिरो दुःख व्यक्त गरेको छ** । क्लबले जारी गरेको सन्देशमा लियोनल मेस्सीको फुटबल करियरको प्रारम्भिक र **सबैभन्दा गौरवशाली समय** बार्सिलोनासँग जोड्न महत्त्वपूर्ण भूमिका खेलेको भन्दै होर्गेको योगदानको **प्रशंसा गरेको छ** । क्लबले मेस्सी परिवारप्रति **हार्दिक समवेदना व्यक्त गर्दै** समर्थन रहने जनाएको छ ।
जर्ज मेस्सी केवल लियोनल मेस्सीका पिता मात्र नभई उनको फुटबल यात्राका **प्रमुख मार्गदर्शक** पनि थिए । स्टिल कारखानामा सुपरभाइजरका रूपमा काम गरेका उनले पछि छोराको **एजेन्ट तथा रणनीतिक सल्लाहकारको** भूमिका निर्वाह गरेका थिए ।
लियोनल मेस्सीको प्रारम्भिक फुटबल करियरमा पनि जर्ज महत्त्वपूर्ण योगदान रहेको थियो । उनले मेस्सीलाई बाल्यकालमा अर्जेन्टिनाको क्लब **न्यूइलस वल्र्ड बोइजमा** खेल्न सहयोग गरेका थिए । मेस्सी **१३ वर्षको** हुँदा उनलाई स्पेन लगेर **बार्सिलोनाको युवा एकेडेमीमा** आबद्ध गराउन पनि उनका पितालेनै महत्वपूर्ण भूमिका खेलेका थिए ।
त्यतिबेला मेस्सी **ग्रोथ हर्मोनको कमी** सम्बन्धी समस्याबाट पीडित थिए । बार्सिलोनाले उनको **उपचार खर्च व्यहोरेको** थियो । नियमित **उपचार र हर्मोन इन्जेक्सनपछि** मेस्सीको शारीरिक विकासमा सुधार आएको थियो, जसले उनको व्यावसायिक फुटबल यात्रालाई **नयाँ दिशा दिएको मानिन्छ** । जर्ज मेस्सीकी पत्नी **सेलिया कुच्चितिनी** हुन् । उनका **चार सन्तानमध्ये** लियोनल मेस्सी, रोड्रिगो, माटियास र मारिया सोल रहेका छन् ।
