अन्तराष्ट्रिय

राष्ट्रपति बाइडेनद्वारा युक्रेनी ऊर्जा केन्द्रमा भएको रूसी हमलाको निन्दा

By अर्जुन भट्टराई

एजेन्सी ।  अमेरिकी राष्ट्रपति जो बाइडेनले  रूसले सोमबार युक्रेनी ऊर्जा केन्द्रमा गरेको हमलाको निन्दा गर्दै कियभलाई आफ्नो निरन्तर समर्थन  रहने वाचा गरेका छन् ।  


रूसले सोमबार युक्रेनमा सयौं ड्रोन तथा क्षेप्यास्त्र प्रहार गर्दा कम्तिमा चार जनाको मृत्यु हुनुका साथै युक्रेनको ऊर्जा केन्द्र ध्वस्त भएको अधिकारीहरूले बताएका छन् ।यसै सन्दर्भमा अमेरिकी राष्ट्रपति बाइडेनले भने, “युक्रेनविरुद्ध रूसको निरन्तर आक्रमण र युक्रेनी जनतालाई अन्धकारमा डुबाउने प्रयासको कडारुपमा निन्दा गर्दछु । ”

युक्रेनमा पछिल्लो समय मस्कोले गरेको आक्रमणले “ब्ल्याकआउट”(उर्जा सङ्कट) सुरु भएको छ । कियभले रूसको कुर्स्क क्षेत्रको भूभाग नियन्त्रणमा लिएको दाबी गरेपछि यो अवस्था आएको जनाइएको छ ।  

सन् २०२२ फेब्रुअरीको  आक्रमणपछि रूसले युक्रेनमा बारम्बार उर्जा केन्द्र लक्षित ड्रोन तथा मिसाइल आक्रमणहरू गरेको छ । युक्रेनको “सैन्य–उत्पादन परिसर“ लाई सहयोग गर्न प्रयोग भइरहेको दाबी गर्दै ऊर्जा केन्द्रहरुमा प्रहार गरेको रूसी रक्षा मन्त्रालयले विज्ञप्तीमार्फत जनाएको छ ।  

रूसले सोमबार गरेको आक्रमणमा परी निर्दोष युक्रेनी नागरिकहरूको मृत्यु भएको, २० जनाभन्दा बढी घाइते भएको युक्रेनी अधिकारीहरूले बताएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.