अन्तराष्ट्रिय

अफगानिस्तानमा वर्षा र बाढीका कारण ४० जनाको मृत्यु

By अर्जुन भट्टराई

एजेन्सी ।  पूर्वी अफगानिस्तानको नङ्गरहार प्रान्तमा भारी वर्षा र बाढीका कारण मृत्यु हुनेको संख्या ४० पुग्नुका साथै घाइतेको सङ्ख्या ३४७  पुगेको जनस्वास्थ्य मन्त्रालयले मङ्गलबार जनाएको छ ।


स्वास्थ्य कार्यकर्तालाई घाइतेको उपचारका लागि प्रभावित क्षेत्रमा पठाइएको  मन्त्रालयका प्रवक्ता सराफत जमान अमरखिलले बताए   । दुर्घटनामा हताहतको सङ्ख्या बढ्ने अनुमान गरिएको छ ।

सोमबार दिउँसो अचानक आएको प्राकृतिक प्रकोपले प्रान्तीय राजधानी जलालाबाद, सुख रोड जिल्ला र पाकिस्तानको सिमानामा रहेको प्रान्तका छिमेकी क्षेत्रहरूमा ठुलो मृत्यु र आर्थिक क्षति पु-याएको छ ।

त्यसैगरी, सोमबार बिहान पूर्वी अफगानिस्तानको कुनार प्रान्तको अधिकांश भाग आकस्मिक बाढीले बगाउदा पाँच जनाको मृत्यु भएको छ ।

भारी वर्षा र बाढीले मे देखि युद्धग्रस्त देशमा ४०० भन्दा बढीको ज्यान लिएको छ  भने हजारौंलाई घरबार विहीन  बनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.