अन्तराष्ट्रिय

इरानका राष्ट्रपति राईसी चढेको दुर्घटनाग्रस्त हेलिकप्टर भेटियो

By अर्जुन भट्टराई

एजेन्सी । इरानी उत्तरपश्चिमी क्षेत्रमा दुर्घटनाग्रस्त इरानी राष्ट्रपति इब्राहिम राइसी चढेको हेलिकोप्टर सोमबार विहान भेटिएको छ ।

हेलिकप्टरमा अहिलेसम्म जीवनको कुनै सङ्केत फेला नपरेको इरानको राष्ट्रिय टेलिभिजनले जनाएको छ । आइतबार पूर्वी अजरबैजान प्रान्तको आकाशबाट उनि र विदेशमन्त्री हुसेन अमिर अब्दोल्लाहियानसहित अन्य व्यक्तिसँगको सम्पर्क टुटेको थियो ।

विमान हराएको करिब १५ घण्टापछि सरकारी टेलिभिजनद्वारा प्रशारित समाचारमा भनिएको छ, “हेलिकप्टर फेला परेको तर हेलिकप्टरका यात्रुहरू जीवितै रहेको कुनै सङ्केत देखिएको छैन ।”

इरानको रेड क्रिसेन्टका प्रमुख पिरहुसेन कूलिभान्डले भने “विमानलाई फेला पारेपछि उद्धार टोली घटनास्थलतर्फ गइरहेको छ ।” उनले भने, “हेलिकप्टर फेला परेको छ । अब हामी हेलिकप्टरतर्फ अघि बढिरहेका छौं,” कुलिभान्डले भने ।

उनले भने, “हामीले हेलिकप्टर देखिरहेका छौँ । स्थिति राम्रो छैन ।” इरानी सञ्चारमाध्यम फार्सलगायत इरानी सञ्चारमाध्यमले हेलिकप्टरको भग्नावशेषको ड्रोन तस्वीर सार्वजनिक गरेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.