एजेन्सी । चिनियाँ भाषा सिकाउनेसम्बन्धी २२औँ न्युयोर्क अन्तर्राष्ट्रिय सम्मेलन शनिबार सम्पन्न भएको छ । सम्मेलनमा संयुक्त राज्य अमेरिका, चीन, क्यानाडा, सिङ्गापुर र अन्य देश तथा क्षेत्रका सहभागीहरूले नवप्रवर्तन र दिगो विषयमा आफ्ना विचार राखेका छन् ।
चीनको साङ्घाई जिओ टोङ विश्व विद्यालयमा मानविकी विद्यालयका प्राध्यापक तथा डीनका सहायक वाङ जुनले भने, “विश्वभरका विश्वविद्यालय के–१२ विद्यालय, शैक्षिक संस्था र चिनियाँ शिक्षकको संयुक्त प्रयासबाट अन्तर्राष्ट्रिय चिनियाँ शिक्षामा दिगो विकास र निरन्तर समृद्धि प्राप्त गर्न सक्छौँ भन्ने हामीलाई विश्वास छ ।” के–१२ विद्यालय संयुक्त राज्य अमेरिका, क्यानाडा र केही अन्य देशमा शिक्षा र शैक्षिक प्रविधिमा प्रयोग हुने शब्द, कलेज अघि सार्वजनिकरूपमा समर्थित स्कूल ग्रेडहरूका लागि छोटो रूप हो ।
न्युयोर्कस्थित चिनियाँ महावाणिज्य दूतावासका शिक्षा सल्लाहकार यु युगेनले नयाँ युगमा चिनियाँ भाषाको शिक्षाले सहयोगलाई सुदृढ गर्ने, शिक्षणको गुणस्तर सुधार गर्ने र मानिसहरूलाई प्रोत्साहन गर्ने निरन्तर प्रयासद्वारा चीनलाई अझ राम्रोसँग बुझ्न मद्दत गर्ने आशा व्यक्त गरे । उक्त वार्षिक कार्यक्रम संयुक्त राज्य अमेरिकामा चिनियाँ संस्कृतिमा केन्द्रित सबैभन्दा पुरानो गैर–लाभकारी संस्थाहरू मध्येको एक चाइना इन्स्टिच्युट, ग्रेटर न्युयोर्कको चिनियाँ भाषा शिक्षक सङ्घ र साङ्घाई जिओ टोङ विश्व विद्यालयले संयुक्तरूपमा आयोजना गरेका थिए ।
चिनियाँ शिक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन न्यूयोर्कमा सम्पन्न
By अर्जुन भट्टराई •
Related Posts
इरानको तेल संरचनामा इजरायलले आक्रमण नगरेपछि तेलको मूल्यमा गिरावट
October 29, 2024
उत्तरी गाजामा भएको इजरायली हमलामा ५५ जनाभन्दा बढीको मृत्यु
October 29, 2024
इरानमाथि इजरायलको आक्रमणपछि ‘पूर्ण संयम’ अपनाउन इयूको आग्रह
October 27, 2024
