अन्तराष्ट्रिय

नेपाली रेस्लिङमा तात्सुमी फुजिनामी

By अर्जुन भट्टराई •

नेपाली रेस्लिङमा तात्सुमी फुजिनामी

काठमाडौं । नेपालमा व्यावसायिक रेस्लिङको इतिहासमा नयाँ अध्याय थप्ने उद्देश्यसहित ‘पी डब्लु एक्स एम : रेसल क्यासल’ आयोजना हुने भएको छ। विश्व प्रसिद्ध जापानी रेस्लर तात्सुमी फुजिनामी नेपाल आउँदैछन्। फुजिनामी ‘डब्लु डब्लु ई : हल अफ फमेर’ हुन् ।विश्व रेस्लिङ इतिहासका सम्मानित व्यक्तित्व मध्ये एक मानिने फुजिनामीको उपस्थितिले नेपाली रेस्लिङ क्षेत्रका लागि ऐतिहासिक अवसर सिर्जना गर्ने विश्वास गरिएको छ। यस कार्यक्रममा फुजिनामीसँगै जापानबाट उत्कृष्ट खेलाडीहरू लेओना फुजिनामी, योशिमुरा, हिरोशी मिहारा, काजुहिरो टामुरा, यासुशी मियामोटो तथा ह्योउ ओगवा सहभागी हुनेछन्। कार्यक्रम २०८३ साल असार २० गते (शनिवार), दिउँसो २ बजेदेखि ललितपुरको नखिपोट युथ क्लबको कभर्ड हलमा आयोजना हुनेछ। नेपालका व्यावसायिक रेस्लरहरूले पनि आफ्नो क्षमता प्रदर्शन गर्नेछन्। नेपालको व्यावसायिक रेस्लिङका अग्रणी तथा प्रशिक्षक हिमालयन टाईगरको मार्गदर्शनमा तयार भएको नेपाली टोलीको नेतृत्व चर्चित रेस्लर बुलेट फ्लो (थापाकाजी)ले गर्नेछन्। पिग ई प्रोडक्सनको प्रस्तुति रहेको यस कार्यक्रम ‘पी डब्लु एक्स एम स् रेसल क्यासल’ को सह–आयोजक भने नखिपोट युथ क्लब रहेको छ । कार्यक्रमको निर्देशन तकाशी ताकेइ (टक बिष्ट) ले गरिरहेका छन्। आयोजकका अनुसार ‘पी डब्लु एक्स एम ः रेसल क्यासल’ केवल एउटा मनोरञ्जनात्मक कार्यक्रम नभई नेपाललाई अन्तर्राष्ट्रिय व्यावसायिक रेस्लिङको गन्तव्यका रूपमा स्थापित गर्ने अभियान हो।

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.