अन्तराष्ट्रिय

जापानमा लगातार पाँचौँ दिन पनि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम, जनजीवन अस्तव्यस्त

By अर्जुन भट्टराई •

जापानमा लगातार पाँचौँ दिन पनि ४० डिग्री सेल्सियसभन्दा माथि तापक्रम, जनजीवन अस्तव्यस्त

जापानका केही क्षेत्रमा भीषण गर्मीले जनजीवन अस्तव्यस्त बनाएको छ। जापान मौसम विज्ञान एजेन्सीका अनुसार देशमा लगातार पाँचौँ दिन पनि तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेको छ।

शनिबार मात्रै मध्य जापानका ६ वटा सहरमा तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी रेकर्ड गरिएको थियो। यी सहरहरूमध्ये टोकाइ क्षेत्रका चारै प्रान्त — शिजुओका, गिफु, मिए र आइची — समावेश छन्।

सन् २०१० देखि तुलनात्मक तथ्याङ्क राख्न थालिएयता लगातार पाँच दिनसम्म ४० डिग्री वा सोभन्दा बढी तापक्रम कायम रहनु यो अहिलेसम्मकै सबैभन्दा लामो अवधि हो।

सबैभन्दा बढी तापक्रम गिफु प्रान्तको मिनो सहरमा ४०.८ डिग्री सेल्सियस रेकर्ड भयो। त्यसैगरी गिफुकै ताजिमी सहरमा ४०.७ डिग्री, मिए प्रान्तको कुओआना सहरमा ४०.६ डिग्री, शिजुओका प्रान्तको हमामात्सु सहरमा ४०.३ डिग्री र आइची प्रान्तको टोयोटा सहरमा ४०.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ।

शिजुओकाको उत्तरपूर्वमा रहेको यामानाशी प्रान्तको कोफु सहरमा पनि ४०.० डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको छ। (सीसीटीभीप्लस)

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.