अन्तराष्ट्रिय

मेक्सिकन जर्सी लगाएर हिँड्ने ‘मर्लिन’ हाँस बन्यो इन्टरनेट स्टार, भिडियो भाइरल

By अर्जुन भट्टराई •

मेक्सिकन जर्सी लगाएर हिँड्ने ‘मर्लिन’ हाँस बन्यो इन्टरनेट स्टार, भिडियो भाइरल

फिफा विश्वकप फुटबल प्रतियोगिताको रौनकबीच मेक्सिकोको एउटा घरपालुवा हाँस अचानक चर्चाको केन्द्रमा आइपुगेको छ। ‘मर्लिन’ नामक यो हाँसलाई फिफा विश्वकपका लागि मेक्सिकोको ‘राजदूत’ घोषित गरिएको छ।

दुई वर्षको उमेरको यो हाँस मेक्सिकन टोलीको जर्सी र मोजा लगाएर मेक्सिको सिटीका सडकहरूमा आत्मविश्वासका साथ हिँडिरहेको भिडियो सार्वजनिक भएपछि तीव्र रूपमा भाइरल भएको छ। आफ्नो शरीरमा ठ्याक्कै मिल्ने सानो टिम मेक्सिकोको जर्सी लगाएर घर वरिपरि बेफिक्री हिँड्ने शैलीले मर्लिनले लाखौं दर्शकको मन जितेको छ।

विश्वकपमा मेक्सिकोले आफ्नो पहिलो खेल जितेपछि देशभर उत्सव मनाइरहेकै बेला मर्लिन पहिलो पटक सार्वजनिक रूपमा देखिएको थियो। सोही समयमा भिडियो भाइरल भएपछि यो हाँस एकाएक इन्टरनेट स्टार बन्न पुगेको हो।

विश्वकपका कारण फुटबलका चर्चित खेलाडीहरू अन्तर्राष्ट्रिय सुर्खियामा रहेकै बेला मर्लिनले पनि आफ्नै अन्दाजमा ध्यान आकर्षित गर्न सफल भएको छ। (स्रोत: सीसीटीभीप्लस)

Related Posts

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.