अन्तराष्ट्रिय

गाजाको ८४ प्रतिशत भूभागमा इजरायलद्वारा बस्ती खाली गर्ने आदेश

By अर्जुन भट्टराई

एजेन्सी ।  गाजाको करिब ८४ प्रतिशत भूभागमा बस्ती खाली गर्न इजरायली सेनाले आदेश जारी गरेको राष्ट्र सङ्घीय राहत तथा मानव विकास एजेन्सीले जनाएको छ । दिनहुँ आउने आदेशले गाजाका सर्वसाधारणलाई पिरोल्ने गरेको छ ।

राष्ट्र सङ्घघीय राहत तथा कार्य निकाय (युएनआरडब्लुए)ले सामाजिक सञ्जाल एक्समार्फत शरणार्थीहरू जीवन रक्षाका लागि सबै कुरा छोडेर भाग्दा भाग्दा थकित भएको तथा जानका लागि सुरक्षित ठाउँ नभएको जनाएको छ ।

गाजा युद्ध सुरु भएदेखि नै इजरायली सेनाले गाजाबासीलाई सैन्य कारबाहीको तयारीका लागि घर छोड्न माग गर्दै आएको छ । विस्थापित व्यक्तिहरू युएनआरडब्लुए आश्रयमा शरण लिन, आफन्तसँग वा सडक र विद्यालयहरूमा बस्न बाध्य भएका छन् ।

हमासद्वारा सञ्चालित गाजाका सरकारी सञ्चार माध्यमको तथ्याङ्क अनुसार वर्तमान द्वन्द्वका कारण गाजा क्षेत्रको कूल २३ लाख जनसङ्ख्यामध्ये २० लाख मानिस विस्थापित भएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.