अन्तराष्ट्रिय

अमेरिकी चुनाव : ह्यारिस आधिकारिकरूपमै डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतीय उम्मेद्वार

By अर्जुन भट्टराई

एजेन्सी । आसन्न चुनावका लागि अमेरिकी डेमोक्रेटिक पार्टीले उपराष्ट्रपति कमला ह्यारिसलाई राष्ट्रपति पदको उम्मेद्धार चयन गरेको छ । डेमोक्राटिक पार्टीका अधिकारीहरूले बहुमतसहित ह्यारिसलाई  आफ्नो पार्टीको तर्फबाट  राष्ट्रपति उम्मेद्वारमा चुनेको घोषणा गरेका छन् ।

यसै सन्दर्भमा ह्यारिसले  सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै भनिन्, “म संयुक्त राज्य अमेरिकाको राष्ट्रपति पदका लागि डेमोक्रेटिक उम्मेद्वार हुन पाउँदा सम्मानित छु ।” आगामी हप्तामा आधिकारिकरूपमा मनोनयन स्वीकार गर्ने ह्यारिसले जनाएकी छिन् ।

वासिङ्टन पोस्टका अनुसार,  ह्यारिस राष्ट्रपति पदको नेतृत्व गर्ने पहिलो अश्वेत तथा दक्षिण एसियाली मुलकी महिला उम्मेद्धार हुन् । उनको उम्मेद्वारीले लामो सयमदेखि थाती रहेका जातीय तथा लैङ्गिक सवालहरुले सार्थकता पाउने अपेक्षा गरिएको छ ।    

राष्ट्रपति जो बाइडेनले ह्यारिसलाई समर्थन गर्दै  जुलाई –२१ मा चुनावी प्रतिश्पर्धाबाट बाहिरिने घोषणा गरेका थिए । समर्थनपछि जुलाई–२७ मा, ह्यारिसले अमेरिकी राष्ट्रपति चुनावका लागि आधिकारिकरूपमा आफ्नो उम्मेद्वारको उद्घोष गरेका हुन् । सन् २००८ मा बाराक ओबामापछि अमेरिकाको इतिहासमा प्रमुख राष्ट्रपति पदको टिकट पाउने ह्यारिस दोस्रो अश्वेत व्यक्ति हुन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.