एजेन्सी । भारत सरकारले अप्रिलदेखि गहुँको भण्डारण स्थिती अनिवार्य घोषणा गर्न आदेश दिएको अधिकारीहरूले बताएका छन् । अब गहुँको भण्डारण स्थिती साप्ताहिक आधारमा घोषणा गर्नुपर्नेछ ।
सरकारले यस मुलुकका थोक बिक्रेता, खुद्रा बिक्रेता तथा ठूला सञ्जालका बिक्रेताहरू र व्यवसायीलाई अप्रिल १ देखि प्रत्येक शुक्रबार गहुँको भण्डारण स्थिती घोषणा गर्न आग्रह गरेको हो । घोषणा गर्नुको मुख्य उद्देश्य समग्र खाद्य सुरक्षा व्यवस्थापन गरी भण्डारण अनैतिकता रोक्ने रहेको विज्ञप्तिमा उल्लेख छ । भारत सरकारले चामलका लागि पहिले नै यस्तो आदेश जारी गरिसकेको छ ।
घोषणा अनुसार दर्ता नभएका संस्थाले अनिवार्यरूपमा दर्ता भई हरेक शुक्रबार गहुँ र चामलको भण्डारण खुलासा गर्न सुरु गर्नु पर्नेछ । आगामी दिनमा सबै कानूनीरूपमा दर्ता भएका संस्थाहरूले गहुँ र चामलको भण्डारण नियमितरूपमा घोषणा गर्नुपर्ने मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।
सरकारको खाद्य तथा सार्वजनिक वितरण विभागले गहुँ र चामलको मूल्य नियन्त्रण गरी देशमा सहज उपलब्धता सुनिश्चित गर्न गहुँ र चामलको भण्डारण स्थितिमा निगरानी गरेको जनाएको छ ।
