अन्तराष्ट्रिय

मुल्तान शहरमा भवन भत्किँदा ९ जनाको मृत्यु ,२ जना गम्भीर घाइते

By अर्जुन भट्टराई

स्लामावाद । पाकिस्तानको पूर्वी पञ्जाब प्रान्तको मुल्तान शहरमा मङ्गलबार आवासीय भवन भत्किँदा ९ जनाको मृत्यु भएको छ । भवन भत्किँदा २ जना गम्भीर घाइते भएका छन् ।

तीनतले भवन मङ्गलबार बिहानै भत्केको जानकारी पाउनासाथ उद्धार कार्यमा जुटेको उद्धार कार्यको नेतृत्व गरिरहेका मुल्तानका जिल्ला आपतकालीन अधिकारी कलीम उल्लाहले घटनाको आधिकारिक जानकारी दिएका छन् ।

घाइतेहरूलाई स्थानीय अस्पतालमा लगिएको उनले जानकारी दिएका छन् । मृत्यु हुनेमा एकै परिवारका ७ जना रहेको उनले बताएका छन् ।
भवन भत्किनुको कारणबारे अनुसन्धान शुरु गरिएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.